25.1 C
Kathmandu

कला/ साहित्यसेलो सम्राट चन्द्र कुमार दोङको पुन:आगमन, मोडल निरान्जलीले तामाङ गोईलो र टोपी...

सेलो सम्राट चन्द्र कुमार दोङको पुन:आगमन, मोडल निरान्जलीले तामाङ गोईलो र टोपी लगाए

२३ असोज २०७७/छेडुप तामाङ
काठमाडौ
–सेलो सम्राट चन्द्रकुमार दोङ धेरै लामो समयको अन्तरालपछि गितसंगित जगतमा पुन: आगमन भएको छ । शुक्रबार काठमाडौ जोरपाटि स्थित याङ्रिला हिल होटलमा एक बिशेष कार्यक्रमका साथ ‘आप्पाकी छोरी’ बोलको गित सार्वजनिक भएको छ । उक्त गितमा शब्द/संगित र एरेन्ज चन्द्रकुमार दोङको रहेको छ । दिपेश प्रधानले मिक्सिङ गरेको ‘आप्पाकी छोरीमा’ मिठो स्वरकी धनी पुजा तामाङमको स्वर रहेको छ ।

प्रतिक ङ्यास्युरको कोरीयो ग्राफी एवम् निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा मोडल निरान्जली लामाको साथमा राजेन्द्र तामाङको प्रस्तुती रहेको छ भने निरान्जली लामाको आप्पाको रुपमा सेलो सम्राट चन्द्रकुमार दोङलाई देख्न पाईन्छ । सुर्य लामाले छायांकन तथा सम्पादन गरेको उक्त गितमा मोडल निरान्जली लामाले चन्द्रकुमार दोङलाई तामाङ गोईलो र टोपी लगाएको दृश्यबाट भिडियो सुरुवात भएको देखे संगै तामाङ संस्कार र गोईलोको समेत प्रवद्धर्न गर्ने उदेश्य रहेको अनुमान लगाउन सकिन्छ ।

सञ्चारकर्मी तथा सामाजीक अभियान्त सुदिन दोङले सञ्चालन गरेको उक्त म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा मधुरीमा कला केन्द्रका संस्थापक अध्यक्ष प्रदिप बोम्जनको प्रमुख आतिथ्यता संगै चन्द्रकुमार दोङ र प्रविन कुमार बलको विशेष आतिथ्यता रहेका थिए भने टिका बोम्जन, निर्मला घिसिङ लगायतका अन्य कलाकारहरुको बाक्लो उपस्थिति रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदिप बम्जनले ‘आप्पाकी छोरी’ बोलको गितका सिंगो टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दै चन्द्रकुमार दोङ पुन: आगमन भएकोमा खुशी व्यक्त गरेका थिए । बम्जनले भने–” चन्द्रकुमार दोङले आफुसंग रहेका संगीत र गायनलाई पुस्तान्तरण गर्दै आएको छ , उहांले मनोरञ्जनलाई मात्र नभई गितसंगित मार्फत नै सामाजिक दायित्व समेत बहन गर्दै आएको छ ।”

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा चन्द्रकुमार दोङले भने धेरै लामो समय पश्चात आप्पाकी छोरी नामक गितमा नयां पुस्तासंग सहकार्य गर्न पाएकोमा अत्यन्त खुशी रहेको कुरा व्यक्त गर्दै यो गित नै चन्द्रकुमार दोङ तामाङ सेलो जगतमा पुन आगमनको सांकेतिक घण्टि बजेको कुरा समेत व्यक्त गरेका थिए ।

बिशेष अतिथिको रुपमा उपस्थित नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन कुमार बलले भने गित संगित मार्फत नै हाम्रा समुदायका दबिएका हक अधिकारका कुरा माथि उठाउन सकिने कुरा व्यक्त गर्दै आम कलाकर्मीहरुले त्यस तर्फ पनि ध्यान दिनु पर्ने कुरा व्यक्त गरेका थिए ।

उपस्थित सम्पूर्णले म्युजिक भिडियो सफलताको शुमकामना व्यक्त गरे संगै गायिका पुजा तामाङले कार्यक्रममा उपस्थित सबैलाई धनयवाद व्यक्त गदै कार्यक्रमको समापन गरेका थिए ।

Jigme Media मार्फत सार्वजनिक भएको भिडियो यस्तो छ :

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्