18.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरपालिकामा शिक्षकलाई नै कोरोना संक्रमण पुष्टि, बिद्यालय पुन: बन्द गर्ने तयारी

नमोबुद्ध नगरपालिकामा शिक्षकलाई नै कोरोना संक्रमण पुष्टि, बिद्यालय पुन: बन्द गर्ने तयारी

२२ असोज २०७७
काठमाडौ
–काभ्रेको नमोबुद्ध नगरपालिकामा एक शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो मात्रै नगरपालिकाको वडा नं.५ मा एक जना र वडा नं.२ मा २ जना कोरोना संक्रमण पुष्टि भएको हो । वडा नं.२ का संक्रमित मध्य एक जना शिक्षक रहेको वडाध्यक्ष सञ्जीव ढकालले नमोबुद्ध न्युजलाई जानकारी दिएको हो ।

शिक्षक नै कोरोना संक्रमित भएपछि वडा नं.२ मा रहेका सम्पूर्ण विद्यालयहरुमा प्रत्यक्ष पठनपाठन बन्द गरी सम्भव भएकाहरुलाई अनलाइन मार्फत पठनपाठनमा सहजीकरण गर्न गराउन समेत वि.व्य.स. र विद्यालय प्रशासनलाई वडाध्यक्षले सामाजिक सञ्जाल मार्फत अनुरोध गरेको छ ।

वडा नं.५ कानपुर कालापानी बजार क्षेत्रमै संक्रमित देखिए पछि बजार नजिकै रहेको कानपुर मा.वि.मा पनि कार्तिक १६ गते सम्मको लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक टंक थापाले जानकारी दिएको छ । बिद्यालयले यस अगि असोज ५ गते बाट बिहान र बेलुका गरि समुहगत रुपमा कक्षा सञ्चालन गर्दै आएका थिए ।

नगरमा संक्रमित संख्या बढ्न थाले संगै नगरपालिका भित्र रहेका अन्य बिद्यालय सञ्चानल गर्ने या बन्द गर्ने बिषयमा भने तत्काल छलफल गरी निर्णय गर्ने जानकारी नगरक प्रमुख टि.पी शर्माले जानकारी दिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्