20.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाल सरकारको अनुरोध यसपालीको दशैं जहाँ छौं, त्यहीँ बसेर मनाऔं

नेपाल सरकारको अनुरोध यसपालीको दशैं जहाँ छौं, त्यहीँ बसेर मनाऔं

१८ असोज २०७७
काठमाडौ
–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको बडा दशैं २०७७ जो जहाँ छ, त्यहीँ स्थानमा मनाउन अपिल गरेको छ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसपालिको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन समन्वय गर्ने र त्यही अनुसार सन्देश प्रवाह गर्नुपर्ने जानकारी गराए।

लकडाउन खुले संगै नेपालका विभिन्न जिल्लामा कोरोना भाइरस संक्रमणको संख्या दिनानुदिन बड्दै गएको छ । संक्रमित दैनिक संक्रमित संख्याको ७० प्रतिशत उपत्यका भित्र रहेका छन् ।


दसैं नजिकिँदै गर्दा उपत्यकाबाट लाखौं मानिस घर जानलाई तयार छन्। उपत्यकाबाट घर जानेहरूबाट गाउँगाउँमा संक्रमण फैलिने जोखिम रहेको हंदा नेपाल सरकारले यसपालिको दशैं यथास्थानमै बसेर मनाउन अपिल गरेको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्