25.1 C
Kathmandu

कला/ साहित्य" म जस्तो छु..त्यस्तै छु " -टि.पी.शर्मा(तिमल्सिना)प्रमुख-नमोबुद्ध नगरपालिका

” म जस्तो छु..त्यस्तै छु ” -टि.पी.शर्मा(तिमल्सिना)प्रमुख-नमोबुद्ध नगरपालिका

” म जस्तो छु… त्यस्तै छु “


कहिले,
म आफै मूल्यांकनको तराजुमा बस्छु
र, कहिले–
ऐनाको अगाडि उभिएर आफैलाई जाच्छु
कतै मेरो वजन घटेको छ कि !
कहिँ मेरो रुप विद्रूप भयो कि ?

जसलाई विश्वास गरे

  • माया गरे
  • भरोसा गरे
    र, सहकार्य गरे।
    शायद, उनीहरु मसँग असन्तुष्ट छन
    अथवा, रुष्ट छन।
    मैले नियतबस गल्ती नगर्ने प्रण गरेको छु
    अनजानमा भएका गल्तीहरु,
    आज मूल्यांकनको तराजुमा बसेर
    आफैले तौलीदैछु,
    ऐना अगाडि उभिएर आफैलाई प्रश्न गर्दैछु
    र, आफुसँगै उत्तर खोज्दैछु ।

मैले घुमाउरो बाटो हिड्न जानीन
औंला बङ्ग्याएर घिउ तानीन
चाकरीको भरेङ्ग
र, चाप्लुसीको तेल दल्दै हिंड्न सकिन
जस्तो छु…त्यस्तै छु,,
घृणित भएर बाच्न उपयुक्त ठानिन ।

मभित्र पनि दोष होलानइ
सबै गुणले निर्दोष को हुनसक्छ र ?
मसँग पनि खराबी होलान
सबै गुणले असल को हुनसक्छ र ?
तर, दोषभित्र पनि
कम दोषी हुने प्रयास गर्दैछु,
खराबभित्र पनि
कम खराब हुने प्रयत्न गर्दैछु।
म जस्तो छु..त्यस्तै छु
म आफूजस्तै भएर बाच्ने कोशिश गर्दैछु ।।

टि.पी.शर्मा(तिमल्सिना)-प्रमुख,नमोबुद्ध गरपालिका

मिती : २०७७ असोज ८ गते

https://youtu.be/H4d13ZkS204

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्