23.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेको बनेपा बन्यो कोरोना संक्रमणको केन्द्र, ७ स्थानीय तहमा संक्रमित शुन्य

काभ्रेको बनेपा बन्यो कोरोना संक्रमणको केन्द्र, ७ स्थानीय तहमा संक्रमित शुन्य

१९ भदौ २०७७
धुलिखेल ।
काभ्रेमा कोरोना संक्रमणको केन्द्र शहर बजार बनेको छ । पछिल्लो तथ्यांकले ५ वटा नगरपालिका र १ वटा गाउँपालिकामा मात्र संक्रिय संक्रमित रहेको देखाएको छ । साथै एक नगरपालिका र ६ गाउँपालिकामा संक्रिय संक्रमित शुन्य रहेको देखाएको छ ।

स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार सबैभन्दा बढी संक्रमित संख्या बनेपामा रहेको छ । त्यसैगरि सबैभन्दा कम संक्रमित संख्या नमोबुद्ध नगरपालिमा रहेको छ ।

शहर बजारमा भिडभाड धेरै हुने भएकोले संक्रमित संख्या धेरै भएको बुझिएको छ । काभ्रेको व्यापारिक केन्द्र समेत रहेको बनेपा नगरपालिकामा मात्र सक्रिय संक्रमित संख्या १ सय २८ जना रहेका छन् । जसमध्य ५२ जना महिला र ७६ जना पुरुष रहेका छन् । यो सक्रिय संक्रमितको मात्र संख्या हो । ती संक्रमितहरु अस्पतालको आइसोलेशनमा १ सय १२ र होम आइसोलेशनमा १६ जना रहेको डा. झाले बताए ।

त्यसैगरी दोस्रो बढी सक्रिय संक्रमित संख्या धुलिखेल नगरपालिकामा रहेको छ । काभ्रेको सदरमुकाम तथा पर्यटकीय नगरी भएकोले यस नगरपालिकमा पनि भिडभाड ज्यादा हुने गर्दछ । हालसम्ममा धुलिखेल नगरपालिकामा ३० जना सक्रिय संक्रमित रहेका छन् । जसमा १३ जना महिला र १७ जना पुरुष संक्रमित रहेका छन् । जसमध्ये २० जना संक्रमितहरु अस्पतालको आइसोलेशनमा र १० जना संक्रमितहरु होम आइसोलेशनमा रहेका छन् ।

पनौती नगरपालिकामा भने सक्रिय संक्रमित संख्या ४ जना रहेका छन् । जसमा १ जना महिला र ३ जना पुरुष रहेका छन् । चारै जना संक्रमितहरु होम आइसोलेशनमा रहेको डा. झाले जानकारी दिए ।

पाँचखाल नगरपालिकामा ५ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ३ जना महिला र २ जना पुरुष रहेका छन् । उनीहरु सबैजना जना होम आइसोलेशनमा रहेका छन् ।

नमोबुद्ध नगरपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् । जस्मा १ जना महिला र १ जना पुरुष रहेका छन् । दुवै जना अस्पतालको आइसोलेशनमा रहेका छन् ।

यता भुम्लु गाउँपालिकामा पनि २ जना सक्रिय संक्रमितहरु रहेका छन् । जसमा १ महिला र १ पुरुष रहेका छन् । दुवै जना होम आइसोलोशनमा रहेका छन् ।

१ नगरपालिका र ६ गाउँपालकामा सक्रिय संक्रमित शुन्य

काभ्रे जिल्लाको १ नगरपालिका र ६ गाउँपालिकामा हाल कोरोना भाइरसको सक्रिय संक्रमित शुन्य रहेको छ । यो हिसावले गाउँ अझै पनि शहर भन्दा धेरै सुरक्षित रहेको बुझ्न सकिन्छ । शुन्य भएका अधिकांश स्थानीय तह ग्रामिण क्षेत्रमा पर्दछ ।

हालसम्ममा शुन्य सक्रिय संक्रमित स्थानीय तहहरुमा मण्डनदेउपुर नगरपालिका, रोशी गाउँपालिकामा, बेथानचोक गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका र चौंरी देउराली गाउँपालिका रहेका छन् ।

काभ्रेमा सक्रिय संक्रमित संख्याको अवस्था

काभ्रेमा हालसम्ममा सक्रिय संक्रमित संख्या १ सय ७१ रहेका छन् । जसमा महिला ७१ जना र पुरुष १ सय जना रहेका छन् ।

त्यसैगरी उनीहरु मध्यमा अस्पतालको आइसोलेशनमा १ सय ३९ जना र होम आइसोलेशनमा ३२ जना रहेका छन् । अस्पताल आईसोलेशनमा महिला ५९ जना र पुरुष ८५ जना र होम आइसोलेशननमा महिला १५ र पुरुष १७ गरी ३२ जना रहेका छन् ।

हालसम्म जिल्लामा २ सय ९९ जना संक्रमित

काभ्रे जिल्लामा हालसम्ममा संक्रमित संख्या २ सय ९९ जना पुगेको छ । जसमध्य १ सय १४ महिला र १ सय ८५ पुरुष रहेका छन् । निको भइसकेको संख्या भने १ सय १६ जना रहेका छन् । जसमध्य महिला ३८ जना र पुरुष ७८ जना रहेका छन् ।

काभ्रे भन्दा बाहिर कति छन् संक्रमित ?

काभ्रे स्थायी घर भएका तर काठमाडौंमा रहेका १० जना संक्रमित छन् । उनीहरु मध्य होम आईसोलेशनमा २ जना र अस्पताल आइसोलेशनमा ८ जना रहेको प्रमुख डा. झाले जानकारी दिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्