18.1 C
Kathmandu

ब्रेकिङ समाचारआफ्नै ७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

आफ्नै ७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

१७ भाद्र २०७७/छेडुप तामाङ
काठमाडौं
–आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरी वृत्त बानेश्वरको टोलीले काठमाडौं महानगरपालिका वडा नं. ३१ शंखमूल बस्ने ४० वर्षीय पुरुषलाई पक्राउ गरेको हो।

छोरीको यौनाङ्ग दुख्यो भनेपछि आमाले उपचारका लागि अस्पताल लगेपश्चात बलात्कार भएको खुलेको हो । आफ्नै बुबाले बिगत सात महिनादेखि पटकपटक बलात्कार गर्ने गरेको खुलेको प्रहरीको भनार्इ छ ।

पीडित बालिकाकी आमाले जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरी समक्ष किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई मंगलबार राति शंखमूलबाट पक्राउ गरि हिरातमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्