23.1 C
Kathmandu

ब्रेकिङ समाचारपूर्वमन्त्री बाँस्कोटाको अडियो रेकर्ड प्रकरण, मिश्रलाई उपस्थित हुन अख्तियारको सूचना

पूर्वमन्त्री बाँस्कोटाको अडियो रेकर्ड प्रकरण, मिश्रलाई उपस्थित हुन अख्तियारको सूचना

१७ भाद्र २०७७/छेडुप तामाङ
काठमाडौं
–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई एक साताभित्र आयोगमा उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सेक्युरिटी प्रेस प्रिन्टिङ मेशिन खरिदका क्रममा ७० करोड रुपैयाँको मोलमोलाईको अडियो सार्वजनिक गर्ने मिश्र भने जापन पुगेको छ । उन्ले पूर्वमन्त्रीको अडियो रेकर्ड सार्वजनिक गरेपश्चात पूर्वमन्त्री बांस्कोटाले राजीनामा दिएका थिए । यद्यपी विजयप्रकाश मिश्र पनि सो घटनाले बिवादमा तानिएको छ ।

मिश्रले विज्ञप्ति जारी गरेर आफूले अख्तियारलाई अनुसन्धानमा सहयोग गर्ने बताए पनि अख्तियारले जारी गरिएको सूचनाको समयावधि भित्र मिश्र नेपाल आउलान कि नआउला । यदि उनी आएन भने यो घटनाले कस्तो रुप लिन्छ त भन्ने आम जनमानसमा खुल्दुलिको बिषय बनेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्