18.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढायो

नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढायो

१७ भाद्र २०७७/बिकास तामाङ
काठमाडौं
–नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँले वृद्धि गरेको हो ।

निगले दुई रुपैया प्रतिलिटर मुल्य बृद्धि गरे पछि बजारमा पेट्रोलको खुद्रा मूल्य प्रति लिटरको १०७ रुपैयाँ भएको छ । भने विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर ३२ रुपैयाँ २६ पैसा र डिजेल प्रति लिटर ३६ रुपैयाँ ७५ पैसाले नेपाल तर्फ सस्तो रहेको निगमले जनाएको छ ।

पेट्रोलको मुल्य बुद्धि गरे पनि निगमका अनुसार डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल.पि.ग्यासको मूल्य भने यथावत रहेको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्