१५ भाद्र २०७७
काठमाडौं–काठमाडौं लगायत विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो रहेको छ। पछिल्लो २४ घण्टामा मात्रै आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।
उपत्यका भित्रका तिन जिल्लामा दोस्रो चरणको निषेधाज्ञा १७ गते बुधवार सकिदैछ भने उपतयका बाहिराका प्रायजसो जिल्लाहरुमा समेत अघोषित रुपमा निशेधाज्ञा लागु गरिएको अवस्था छ तर कोरोना संक्रमितको संख्या भने दिनानुदिन बढ्दै गएको अबस्था रहेको छ ।
भाद्र १ गते देखी यत्ता मात्रै ११ हजार ३ सय भन्दा बढि संख्या संक्रमित थपिएको छ । १४ दिनमा सरदर दैनिक हिसाब गर्ने हो भने लगभग ८०० को दरले दैनिक संक्रमिमतको संख्या बढिरहेको छ । यो अवस्थालाई नै मध्यनजर गरेर हेर्ने हो भने कोरोना संक्रमण रोकथामको लागि प्रभावकारी उपाया निषेधाज्ञा वा लकडाउन नै हो भन्ने कुरा फेल खाएको देखिन्छ । बुधबार निषेधाज्ञाको समयावधि सकेपश्चात कोरोना संक्रमण नियन्त्रणका लागि अब नेपाल सरकारले के कस्ता खालका उपाय अवलम्बन गर्छन त, त्यो त हेर्न बांकी नै छ ।
यसरी निषेधाज्ञाको दोस्रो चरणको समयावधि पनि समाप्त हुनै लाग्दा सरकारले कोरोना नियन्त्रणका लागि के–के तयारी गरे के–के काम गरे त आज सम्म भन्ने पनि प्रश्न खडा भएको छ ।