१४ भाद्र २०७७
काठमाडौं–उपत्यकाको भक्तपुर नगरपालिकामा शनिबार कोरोना संक्रमित एक परुषको आइसोलेसनमै मृत्य भएको छ । भक्तपुर नगरपालिका वडा नं.१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो ।
मृतक भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते संक्रमण पुष्टि भएपश्चात होम आइसोलेसनमा रहेको भक्तपुर नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिएको हो । होम आइसोलेसनमै बसिरेका ती पुरुष उच्च रक्तचाप, मधुमेहका बिरामी थिए ।
शनिबार राति मृत्यु भएको पुरुष उपचारको लागि अस्पताल लैजान अनुरोध गर्दा परिवारले एक्लै खाना खान समस्या हुने भन्दै होम आइसोलेसनमा राखेको वडाध्यक्षले बताए ।
यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । जसमध्ये, ४ जना महिला र ३ जना पुरुष छन् ।