19.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६ पुग्यो

नमोबुद्धका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६ पुग्यो

१३ भाद्र २०७७/छेडुप तामा
काठमाडौं– काभ्रेको नमोबुद्ध नगरपालिकाको एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । ११ गते विहिवार काठमाडौंको टेकु अस्पालमा गरिएको स्वाब परिक्षणमा शुक्रबार सांझ कोरोना पोजेटिभ आएको हो ।

नगरपालिकाका २८ बर्षिय संक्रमित कर्मचारी नगरपालिकाको आइसोलेसन कक्षमा भर्ना गरिएको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापाईंले जानकारी दिएका हुन् ।

संक्रमित कर्मचारी नमोबुद्ध नगरपालिका वडा नं. ७, भकुण्डे स्थित डेरा गरी बस्दै आएका थिए । कोरोना पुष्टि भए लगतै उनि बसेको घर र सोको १ सय मिटर वरिपरिको क्षेत्र समेत सिल गरिएको छ । शुक्रबार प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापाईंले एक सूचना जारी गर्दै सिल गरिएको जानकारी दिएका हुन् ।
‘अर्को सूचना प्राप्त नभएसम्मको लागि उक्त घरमा बसोबास गर्ने व्यक्तिहरु घरबाहिर ननिस्किनुहुन र अन्य व्यक्तिहरु उक्त क्षेत्रमा प्रवेश नगर्नुहुन समेत सूचनामा उल्लेख गरिएको छ ।

संक्रमित कर्मचारी सहित नमोबुद्ध नगरपालिकामा हालसम्म संक्रमित संख्या ६ पुगेको छ भने निको भएर घर फर्केका संख्या ४ पुगेको छ । बांकी २ जना उपचारको क्रममा रहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्