23.1 C
Kathmandu

ब्रेकिङ समाचारचितवनमा सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने ३ जना पक्राउ

चितवनमा सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने ३ जना पक्राउ

१२ भाद्र २०७७
काठमाडौं
–सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनीबेसी–२ घर भर्इ हाल मकवानपुको हेटौंडा उपमहानगरपालिका–४ बस्ने सत्कार लुँईटेल, तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर र चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठकलाई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिहरु बाट रकम ठगी गरेको प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिएका हुन् । सामाजिक सञ्जालमा रहेका साथीहरुलाई उपहार पठाइदिने भनि रकम ठगी गरेको प्रहरीले जनाएको छ । मोरङको लेटाङ नगरपालिका–९ बस्ने विष्णुकुमारी राईलाई रु २ लाख ७५ हजार ६४५ र भरतपुर महानगरपालिका–२० का शारदानगर बस्ने आरती रानालाई पटकपटक गरी रु २ लाख ५३ हजार २४० रुपैया ठगी गरेको गुरुङले जानकारी दिए।

पक्राउ परेकाहरुबाट प्रेमबहादुर राना, सन्जना पाठकको नामको यातायात व्यवस्था कार्यालय गण्डकीको नक्कली सवारी चालक अनुमति पत्र बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालत चितवनमा ठगी र लिखत सम्बन्धि कसुरमा मुद्दा दायर गरिएको उनले जानकारी दिए। उक्त मुद्दामा अन्य छ जना अझै फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकलले गर्दा महलबाट सडकमा, श्रीमतीले पनि साथ छोडिन् । हेर्नुहोस निक्कै कारुणिक कथा

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्