११ भाद्र २०७७/बिकास तामाङ
काठमाडौं–काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत कोरोना संक्रमित युवती निको भएको छ । उनलाई आज धुलिखेल अस्पतालले डिस्चार्ज गरि घर पठाएको हो ।
काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.५ का १७ बर्षिय युवतीको पछिल्लो पटक गरिएको कोरोना परिक्षणको नतिजा नेगेटिभ आएपश्चात बिहिवार अस्पतालबाट डिस्चार्ज भएको हो ।
गत २८ गते धुलिखेल अस्पतालमा भर्ना भएकी युवती आज घर फर्के संगै अब नमोबुद्ध नगरपालिकामा कोरोना संग जित्नेको संख्या ४ पुगेको छ । हाल सम्म संक्रमित ५ जना मध्य ४ जना निको भएर घर फर्केसंगै बांकी १ जना भने उपचारको क्रममा रहेको छ ।