१० भाद्र २०७७
काठमाडौं–मासिक १०० अभियान नेपाल एउटा छुट्टै सामाजिक संस्था हो । यो संस्था हाम्रा समाजमा रहेका अन्य सामाजिक संस्था भन्दा एउटा छुट्टै फरक खालको परोपकारि संस्था हो । यो संस्थाले मुख्य रुपमा हाम्रा समाजमा रहेका अपाङ्ग, असहाय,अनाथ बालबालिकाहरुका लागि काम गर्दै आइरहेको छ ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118579435_606514946693290_1319104275185832219_n.jpg)
अहिले सम्म ६०/६५ जना भन्दा बढी बालवालिकाहरुले यस संस्था बाट सहयोग पाइसकेका छन् । यस संस्थाले सामुदायीक बिद्यालय तथा अनाथालयका बाल बालिकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118581479_2552433048403033_8727193948185194267_n.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118581479_2552433048403033_8727193948185194267_n.jpg)
मिति २०७३ साल असोज १ गते बाट अनौपचारिक रुपमा जम्मा ९ जना सदस्य बाट शुरु भएको यो अभियान आज समाजमा रहेका अपांग,असाय, आर्थिक रुपमा पिछडिएर अत्यन्तै पिडामा रहेकाहरुका लागि एक साक्षत भगवानको रुप लिएको छ । २७३/१२/५ गते औपचारीक रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरि बिधिवत रुपमा परोपकारि कार्यमा अगाडि बड्न सफल भएको छ ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118483621_441742883448333_7586330168562463587_n.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118483621_441742883448333_7586330168562463587_n.jpg)
आजको दिनसम्म आइपुग्दा मासिक १०० दान गर्ने सदस्य २३७ जना पुगेको छ भने संस्थाको आम्दानीको श्रोत भनेकै आजीवन सदस्य बाट प्राप्त रकम र जन्मदिनको अवसरमा संस्थालाई सामाजीक व्यक्तित्वहरुले गरेको सहयोग रकम मात्र हो ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118465684_327774181604885_2259472994700481285_n.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118465684_327774181604885_2259472994700481285_n.jpg)
यो संस्थाले प्रत्यक महिनाको दोस्रो शनिवार १२ बजे देखि २ बजे सम्म ज्येष्ठ नागरिक भेट घाट कार्यक्रम सन्चालन गर्दै आएकोमा विश्वभरी नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण सो कार्यक्रम हाललाई स्थगित गरिएको संस्थाका अध्यक्ष सन्ञय पोखरेलले जानकारी दिएको छ । अध्यक्ष पोखरेलको अनुसार मासिक १०० अभियान नेपाल सबैको साझा अभियान भएको हुंदा जो सुकै ब्यक्ति पनि यो अभियानमा सहभागि हुन सक्नुहुनेछ । अभियानमा सहभागि हुनका लागि मात्र मन, बचन र कर्मका साथ मासिक १०० दान गर्न तत्पर हुनुपर्नेछ ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118417384_603374707029704_2947271736851523388_n.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118417384_603374707029704_2947271736851523388_n.jpg)
यसरी मासिक रुपमा रु १०० दान संकलन गरिएको रकम कहिले आनाथ बालवालिका,कहिले अपांग असहाय त कहिले ज्येष्ठ नागरिकहरुका लागि सदुपयोग गर्न पाएकोमा अभियानमा सहभागी सबै जना गर्वको साथ यो अभियानमा जुटिरेको कुरा उल्लेख गर्दै ईच्छुक जो कोहीले पनि यो अभियानमा सहभागीता जनाउन सक्ने संस्थाका अध्यक्ष सन्ञय पोखरेलले बताएको छ ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118404386_1622388007939846_220391725189724170_n.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118404386_1622388007939846_220391725189724170_n.jpg)