17.1 C
Kathmandu

ब्रेकिङ समाचारकाठमाडौं, भक्तपुर र ललितपुरमा पुनः एक हप्तासम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौं, भक्तपुर र ललितपुरमा पुनः एक हप्तासम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

१० भाद्र २०७७/बिकास तामाङ

काठमाडौं–काठमाडौं उपत्यकामा पुनः एक हप्ताको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको संयुक्त बैठकबाट निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

बुधवार मध्यराति सकिँदै गरेको निषेधाज्ञाको अवधि आजको बैठकले एक हप्ताको लागि समय थप गरेसंगौ अब उपत्यकामा भदौ १७ गते सम्म निषेधाज्ञा लाग्ने भएको छ । कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको भन्दै मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका मेयरहरुले जिल्लाकाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए ।

एक हप्ता थप गरिएको निषेधाज्ञा अवधिमा आईसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र कोरोना परिक्षणको संख्या बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्