३२ श्रावण २०७७
काठमाडौं–काभ्रे जिल्लाको नमोबुद्ध गनगरपालिकामा कोरोना भाइरस संक्रमण फैलन नदिन र यसको नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ । नगरपालिकामा सम्बन्धित सरोकारवालाहरुसँगको छलफल र समन्वयलाई तीब्रता दिएसंगै नगरभित्रका सबै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।
आईतवार नगरप्रमुख टिपी शर्मा तिमल्सिना र स्वास्थ्यकर्मी सहित सरोकारवालाहरूको बैठकले स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राख्ने निर्णय संगै नगरपालिकामा रहेका बैंकहरू पनि आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
आज बसेको बैठकमा स्वास्थ्यकर्मी, बैंकका प्रतिनिधि सहित अन्य सरोकारवालाहरुको उपस्थिति रहेका थिए । बैठकले नगरपालिकाको आइसोलेसन र क्वारेन्टिनलाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ । बैठक गरप्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा बसेको थियो ।


