24.1 C
Kathmandu

ब्रेकिङ समाचारसिन्धुपाल्चोकमा भिषण पहिरो, १३ घर पुरिए ५ घरका सदस्य बेपत्ता

सिन्धुपाल्चोकमा भिषण पहिरो, १३ घर पुरिए ५ घरका सदस्य बेपत्ता

३० श्रावण २०७७
काठमाडौं
–सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् भने पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन भएका छन् ।

शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । “१३ घर पुरिएर देखिएका छैनन् , पाँच घरपरिवारका सदस्यहरु सम्पर्कमा छैनन् .” भन्ने कुरा जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले जानकारी दिएका हुन् । ती पाँच घर परिवारमा कति जना सदस्य हुनुहुन्थ्यो भन्ने यकिन संख्या भने पत्ता नलागेको जानकारी नेपालले जानकारी दिएका हुन् ।

पहिरोमा पुरिएका हरुलाई उद्धार गर्नका लागि पहिरो निरन्तर झरिरहेकाले समस्या रहेको कुरा जनाएको छ । नेपालका अनुसार १५ जना मानिस पहिरोबाट निस्किएर आफैं सुरक्षित स्थानमा आएर बसिरहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्