२६ श्रावण २०७७ छेडुप तामाङ
काठमाडौं–काभ्रेको नमोबुद्ध नगरपालिकाले भोली २७ गते कृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदाको सुचना प्रकाशित गरिएको छ । आज एक सुचना प्रकाशित गर्दै नमोबुद्ध नगरपालिकाको कार्यलय र मातहतका सम्पूर्ण वडा कार्यलयहरु, स्वास्थ्य तथा शैक्षिक संस्थाहरु समेत बन्द रहने सुचनामा उल्लेख गरिएको छ ।
बर्षेनी नमोबुद्ध नगरपालिका भित्रका बिभिन्न ठाउंमा कृष्ण जन्माष्टमीको अवसरमा जात्रा तथा मेला लाग्ने गरेता पनि यो बर्ष भने कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि ती सबै ठाउंमा लागेका जात्रा तथा मेला नगर्न र सार्वजनिक स्थलमा भेला तथा जमघट नगरी घर–घर मै भौतिक दुरी कायम गरी पर्व मनाउन समेत सुचनामा अनुरोध गरिएको छ ।
