30.1 C
Kathmandu

कला/ साहित्यसेलो जुहारी अंगुर झुप्पारी म्यूजीक भिडियो सार्वजनिक

सेलो जुहारी अंगुर झुप्पारी म्यूजीक भिडियो सार्वजनिक

२५ श्रावण २०७७
काठमाडौं
–तामाङ गितसंगित बजारमा दिनहुं जस्तै नयां नयां गितका म्यूजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम बढेसंगै शनिबार तामाङ सेलो जुहारी अंगुर झुप्पारी सार्वजनिक गरिएको छ । अध्ययनका लागि जापान पुगेका गितकार प्रज्वल दोङको शब्द रचनामा रहेको अंगुर झुप्पारी सेलो जुहारीमा च्वाईस दोङको संगित रहेको छ भने तामाङ समुदायका चर्चिच गायिका जितु लोप्चान र कोसिश थोकरको आवाज सुन्न सकिन्छ ।

गंगा तामाङको नृत्य निर्देशनमा अमिर मोक्तान, रस्मिला तामाङ, सनक तामाङ र युनिशा मोक्तानको संयुक्त नृत्य तथा अभिनय रहेको अंगुर झुप्पारी बोलको सेलो जुहारी गित शनिबार songs media Nepal मार्फत सार्वजनिक गरिएको हो ।

गित ठट्यौली पाराको रहेको र शब्द रचना देखी संगित,गायन र अभिनय पक्ष पनि राम्रो रहेको हुंदा दर्शक श्रोताले भरपुर मनोरञ्जन लिने निर्माण पक्षले बताएको छ भने दर्शक श्रोताले कत्तिको मन पराउंछन् बांकी सबै दर्शक श्रोताको हातमा रहेको कुरा व्यक्त गरेका छन्।

Music video हेर्नुहोस्…….

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्