30.1 C
Kathmandu

ब्रेकिङ समाचारकाठमाडौं गोंगबुस्थित हत्यापछि सुटकेशमा फालेको अवस्थामा टाउको बिनाको शव फेला

काठमाडौं गोंगबुस्थित हत्यापछि सुटकेशमा फालेको अवस्थामा टाउको बिनाको शव फेला

२५ श्रावण २०७७
काठमाडौं
–काठमाडौंको गोगंबुस्थित गणेशस्थानमा हत्यापछि सुटकेशमा फालेको अवस्थामा एक शव फेला परेको छ । मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको छ ।

हत्यापछि सुटकेशमा फालेको अवस्थामा पुरुषको टाउको बिनाको शव फेला परेको र शबको करिव दुई सय मिटरको दुरीमा टाउको फेला परेपश्चात प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धान पछि प्रहरी शव पहिचानको नजिक पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।

घटनास्थलमा तालिम प्राप्त कुुकुरको प्रयोग गरि अनुसन्धान थालिएको छ भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्