17.1 C
Kathmandu

कला/ साहित्यनायक तथा निर्देशक अमिर दोङ र रिता लामा बिचको प्रेम भाव देखियो...

नायक तथा निर्देशक अमिर दोङ र रिता लामा बिचको प्रेम भाव देखियो नेसी नेसीमा (भिडियो सहित)

२४ श्रावण २०७७
काठमाडौं
–तामाङ समुदायको चर्चित गायक बिशाल काल्तान र गायिका जितु लोप्चानको सुमधुर आवाजमा युगल प्रेम जोडिको प्रेम भावले ओतपोत तामाङ लभ सङ ‘नेसी नेसी’ आज शनिवार सार्वजनिक गरिएको छ ।

नेपाल तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाईबको प्रमुख आतिथ्यतामा शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको उक्त गित बिशुद्ध माया पिरतीमा आधारित गित रहेको छ । गितकार जे.बि. तामाङको शब्द रचनामा रहेको तामाङ प्रेम गित ‘नेसी नेसी‘मा चर्चित गायक तथा संगितकार बिशाल काल्तानको संगित रहेको छ । गितमा बिशाल कल्तान र जितु लोप्चानको आवाज सुन्न सकिन्छ भने नायक तथा निर्देशक अमिर दोङ र रिता लामाको प्रेम लिला हेर्न पाईनेछ ।

हेरुका लामाले नृत्य निर्देशन तथा अमिर दोङको निर्देशनमा सुर्य लामाले छायंकन गरिएको ‘नेसी नेसी‘मा अमिर दोङ र रिता लामा बिचको प्रेम भाव देखाईको छ । भिडियोमा प्रेमी र प्रेमीकाले एक अर्काको मनको भाव संगै जस्तो सुकै अवस्थामा पनि हांसी हंसी जीवन बिताउन सकिन्छ जस्ता भावनाहरु एक आपसमा व्यक्त गरेको पाईन्छ । गित Amir Dong Officeal youtube channel मा हेर्न सकिन्छ ।

Music video

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्