30.1 C
Kathmandu

अन्तर्राष्ट्रियअत्याधिक प्रयोगमा आएको टिकटक र वीच्याटमाथी प्रतिबन्ध

अत्याधिक प्रयोगमा आएको टिकटक र वीच्याटमाथी प्रतिबन्ध

२३ श्रावण २०७७

सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहेको ,अत्याधिक प्रयोगमा आएको चिनियाँ एप टिकटिक र वीच्याटमाथी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागु हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

अमेरिकी अधिकारीहरूले टिकटकका माध्यमबाट प्रयोगकर्ताका विवरणहरू चीन सरकारसमक्ष पुग्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन्। टिकटक अमेरिका र युरोपका युवाहरूमाझ निकै लोकप्रिय छ। पछिल्लो समय यत्ता कोरोनाभाइरसको संक्रमण रोक्न विश्वका विभिन्न मुलुकमा लकडाउन भएपछि टिकटक डाउनलोड गर्नेको संख्या ह्वात्तै बढेको थियो। विश्वभर टिकटकमा ५० करोड र अमेरिकामा मात्रै ८ करोड प्रयोगकर्ता छन्।अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा भएको भन्दै ट्रम्पले चिनियाँ टिकटिक र वीच्याटमाथी प्रतिबन्ध गर्ने घोषणा गरेका हुन्।

टिकटक चिनियाँ कम्पनीले चलाएको भए पनि चीनभित्र भने यसको प्रयोगमा पूर्ण प्रतिबन्धित छ। यस अधि पछिल्लो समय गल्यान उपत्यकामा चिनियाँ जनमुक्ति सेनासँगको झडपमा दर्जनौं भारतीय सैनिकको मृत्यु भएपछि भारतले टिकटकसहित ५९ चिनियाँ एपमाथी प्रतिबन्ध लगाएको थियो।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्