१८ आईतावार २०७७,छेडुप तामाङ
काभ्रे–काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ५ ले आफ्ना वडामा “एक घर एक डस्ट्बिन” को अभियान सञ्चालन गरेको छ । बालमैत्री पूर्ण सरसफाई कार्यक्रम अन्तरगत वडाले वडाभरिका सबै घरमा डस्ट्बिन वितरण गरिएको छ ।
नमोबुद्ध नगरपालिका वडा नंं.५ का सबै जनता तथा बालवालिकालाई सरसफाईमा उत्प्रेरीत गरी निकट भविष्यमा नै यस वडालाई पूर्ण सरसफाई वडा घोषणा गर्ने लक्ष्यका साथ शुक्रवार देखी ११ सय वटा डस्टबिन वितरण गर्ने अभियान सञ्चान गरेको वडा नं.५ का वडाध्यक्ष बुद्ध सिं तामाङले जानकारी दिए ।