25.1 C
Kathmandu

कला/ साहित्यहावा लामाको एक पछि अर्कौ गर्दै सांगितिक जगतमा आक्रमक प्रस्तुती, लभ सेन्टिमेन्टल...

हावा लामाको एक पछि अर्कौ गर्दै सांगितिक जगतमा आक्रमक प्रस्तुती, लभ सेन्टिमेन्टल गित “बेहोस” सार्बजनिक

१४ श्रावण २०७७, छेडुप तामाङ
काठमाडौं
–तामाङ समुदायका कलाकारहरुले लकडाउन भित्र र लकडाउन खुुलीसकेपश्चात क्रमबद्ध रुपमा एक पछि अर्को गर्दै नयां प्रस्तुतीहरु सार्वजनिक गरिरहेका छन् । यद्यपि लकडाउनका कारण आफना प्रस्तुतीहरु बजारमा सार्वजनिक गर्नका निमित्त भने धेरै भन्दा धेरै कठिनाईहरु खेप्नुपरेको कलाकारहरुको भनाई रहेको छ ।

यसै क्रममा लकडाउन खुले लगत्तै कुमार सिं लोप्चानको तामाङ प्रेम गित “बेहोस” म्युजिक भिडियो सहित बुधबार एक कार्यक्रमका साथ सार्वजनिक गरिएको छ । दरबारमार्ग स्थित एक होटलमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको सो गितको शब्दरचनाकार कुमार सिं लोप्चान स्वयम आफै रहेको छ भने गितमा संगित निमा दोङको रहेको छ । डम्फु मिडिया हाउसको ब्यानरमा बनेको उक्त गितमा सेलो गायक हावा लामाको मर्मस्पर्शि आवाज सुन्न सकिन्छ । सर्गम स्टुडियोमा रेकर्ड गरिएको उक्त गितमा दिपेश प्रधानको मिक्सिङ/एरेन्जीङ रहेको छ ।

माया पिरतिमा कत्तिपयले खेप्नुपरेका पिडालाई उजागर गरेको यो गितको भिडियोमा अमिर दोङको निर्देशन रहेको छ भने अमिर दोङ,कुइसाङ रुम्बा,लगायत नव कलाकारहरु कुसाङ लामा र कल्पना दोङको अभिनय रहेको छ । Amir dong official youtube channel मार्फत सार्वजनिक गरिएको “बेहोस” बोलको गित बिसुद्ध माया पिरतिमा आधारीत गित रहेकोले विगतका दिनहरुमा प्रस्तुत गरेका आफ्ना प्रस्तुतिहरुलाई जस्तै यो गितलाई पनि माया गरिदिनुहुन र उचित सल्लाहसुझाव समेत दिनका लागि दर्शक श्रोतालाई गायक हावा लामाले अनुरोध गरेको छ ।

निर्देशक तथा नायक अमिर दोङको सभाध्यक्षता एवम् नेपाल तामाङ कलाकार संघका केन्द्रिय उपाध्यक्ष /बरिष्ठ गायक तथा संगितकार विश्व दोङको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा रोशी गाउंपालिका वडा नंं.३ का वडाध्यक्ष धनजित लामा लगायत तामाङ समुदायका विभिन्न कलाकारहरुको समुपस्थिति रहेका थिए ।

प्रमुख अतिथि विश्व दोङले कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ गितसंगीतमा नयां आयाम थपिएकोमा खुशी रहेको भन्दै सिंगो टिमलाई सफलताको शुभकाना समेत व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै विश्व दोङले तामाङ गितसंगीतमा बिक्रिति र बिसंगति बढेको चिन्ता समेत व्यक्त गरेका थिए । कार्यक्रम पत्रकार सुदिन दोङले सञ्चालन गरेका थिए ।

भिडियो हेर्नुहोस

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्