०९ श्रावण २०७७
काठमाडौं– विहिबार काठमाडौं स्थित सितापाईलामा २२ बर्षिया युवतीलाई तेजाब प्रहार भएको थियो । सो घटमा संलग्नलाई पक्राउ गर्नका लागि बिहिबार देखि नै काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोली लागेका थिए ।
अनुसन्धान पश्चाात बिहीबार राति ११ बजे नै सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले काठमाडौं डल्लुबाट दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद रहेका छन् । पक्राउ गरे पश्चात दुई जनाले सोधपुछको क्रममा केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताए पनि युवतिले भने आफुले ती व्यक्तिहरुलाई नचिनेको बताएकी छिन ।