17.1 C
Kathmandu

कला/ साहित्यछेडुप दोङको पहिलो प्रस्तुतिलाई दर्शक श्रोताले कत्तिको माया गर्लान त

छेडुप दोङको पहिलो प्रस्तुतिलाई दर्शक श्रोताले कत्तिको माया गर्लान त

०२ श्रावण,२०७७
काठमाडौं
–तामाङ गित संगितमा पछिल्ला समयमा नव गायकहरुको आगमन संख्या ह्वात्तै बडेको छ । गित संगित जगतमा जुनसुकै समुदायको किन नहोस संख्यात्मक र गुणात्मक रुपमा को अगाडि रहेका छन भनि दर्शक श्रोताहरुले पनि एक किसिमले मुल्यांकन गरिरहेका छन । तामाङ समुदायमा गित संगितमा लाग्ने केही पूराना कालाकारहरु बिस्तारै बिस्तापित भएका छन भने नयां आउनेहरु पनि अधिकांश रहर पुर्‍याउने उदेश्यका लागि मात्र यो क्षेत्रमा लागेका देखिन्छन । वास्तबिक रुपमै यो क्षेत्रमा केहि योगदान दिन्छु भन्ने सोचका साथ लागेका त सिमित केहि व्यक्तिहरु मात्रै देखिन्छन जस्लाई औंलामा गन्न सकिने अवस्था छ ।

यसरि तामाङ गित संगित क्षेत्रमा आउने जानेको लर्को लागिरहेकै बेलामा भर्खरै नव गायक छेडुप दोङले आफ्नो पहिलो प्रस्तुति एक युट्युव च्यानल मार्फत सार्वजनिक गरेको छ । छेडुप दोङको तामाङ सेलो “जिउ डाल लि–स्याल कादे जेबा” बोलको गित गत हप्ता hamro tv namobuddha (हाम्रो टि.भि.नमोबुद्ध) नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरेको उक्त गितको शब्द रचनाकार संगितकार सानुबाबु घिषिङको रहेको छ भने संगित जोगलाल लामाको रहेको छ । ठट्यौली किसिमको यो गितमा नव गायक छेडुप दोङको साथमा अन्जु थोकरको आवज रहेको छ ।

नव गायक छेडुप दोङको अनुसार उनको यो पहिलो प्रस्तुति रहेको हुंदा कमी कम्जोरीहरु रहेका हुन सक्छन जस्लाई दर्शक श्रोताले प्रतिकृया दिन सक्नेछन भने पाएका प्रतिकृया र सल्लाह सुझाव अनुसार नै आगामी दिनहरुमा अगाडि बढ्ने कुरा हामी माझ व्यक्त गरेको छ ।

यस्तो रहेको छ

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्