17.1 C
Kathmandu

ब्रेकिङ समाचाररोशी गाउँपालिकाले प्रहरी चौकीलाई मोटरसाईकल हस्तान्तरण गरे

रोशी गाउँपालिकाले प्रहरी चौकीलाई मोटरसाईकल हस्तान्तरण गरे

२९ असार २०७७

काठमाडौ–काभ्रे रोशी गाउंपालिकाले पालिका स्थित रहेको स्थानीया प्रहरी चौकी कटुन्जेलाई आज सोमबार एक थान मोटर साइकल हस्ताण्तरण गरिएको छ ।
आज एक कार्यक्रमका साथ पालिका अध्यक्ष डि बि लामाले ईलाका प्रहरी कार्यलयका प्रमुख इन्स्पेक्टर धर्म जंग थिङलाई एक थान मोटरसाईकल हस्ताण्तरण गरेका हुन् । उक्त मोटरसाईकल कटुञ्जेमा रहेको कटुञ्जे प्रहरी चौकीले प्रयोग गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जानकारी दिए । उनका अनुसार १ सय ५० सिसिको बजाज कम्पनीको पल्सर मोटरसाईकल खरीद गरी गाउँपालिकाले हस्ताण्तरण गरेको हो ।

हरेक समस्या अनि आपत विपतमा अग्रभागमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुको निमित्त गाउँपालिकाले मोटरसाईकल खरीद गरी हस्ताण्तरण गरेको अध्यक्ष डि बि लामाबताउनु भयो ।
गाउंपालिका अध्यक्ष लामाले वि.पि राजमार्गमा दैनि जस्तो घटिरहने अनेकन किसिमका सडक दुर्घटना लगायत शान्ती सुरुक्षामा अहोरात्र खट्ने प्रहरी जुनसुकै समयमा जहाँ पनि पुग्नुपर्ने हुनाले गाउँपालिकाले मोटर साइकल सहयोग गरेको बताए । उनका अनुसार दिनरात घामपानी नभनि अहोरात्र खटिरहने पालिकामा रहेका सुरक्षाकर्मीहरुका लागि आगामि दिनहरुमा सक्दो सहयोग गर्दै जाने बताउनुभयो। कार्यक्रममा शान्ती सुरुक्षा र सडक दुर्घटन न्युनिकरणमा आफुले गरेको सहयोगका कारण सुरक्षकर्मीहरुका लागि सहज र सरल मिल्ने कुरामा आस्वस्त रहेको र गाउँपालिकाको शान्ति सुरक्षामा पालिकाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउनु भएको थियो
कार्यक्रममा गाउंपालिका अध्यक्ष डि।बि। लामा, प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, ईलाका प्रहरी कार्यलयका ईन्सपेक्टर धर्म जंग थिङ साथै पालिकाका कर्मचारीहरुको राथै स्थानीयहरु समेत सहभागि थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्