30.1 C
Kathmandu

ब्रेकिङ समाचारमहिला माथी प्रहरीले निर्घात कुटपिट, घटनाको छानविन थालियो

महिला माथी प्रहरीले निर्घात कुटपिट, घटनाको छानविन थालियो

२४ असार २०७७
काठमाडौ
–रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिकामा एक महिलालाई प्रहरीबाट निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै
घटनाको अनुसन्धान शुरु हुने भएको छ । एक महिलालाई प्रहरीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भए पश्चात आठबिसकोट नगरपालिकाको उक्त घटना प्रति ध्यानाकर्षण भएको छ । आठबिसकोट नगरपालिका कार्यलयले आज एक सूचना जारी गर्दै घटनाको आवश्यक अनुसन्धान गरि सोहि अनुसारको कारवाही हुने जानकारी गरेको छ ।

अत्याकि मदिरा सेवन गरी स्वास्थ्यकर्मी माथी अभद्र व्यवहार गरेको भन्दै सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिन खोज्दा आफूले लगाएका कपडाहरु समेत खोल्दै उक्त महिला अर्धनग्न अवस्थामा हिंड्न थालेपश्चात घटना घटेको नगरपालिकाले जारि गरेको सूचनामा उल्लेख गरिएको छ । तर घटना जे जसरी भए पनि घटनाको आवश्यक अनुसन्धान गरि सोही अनुसारको कारवाही हुने जानकारी समेत गरिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्