२४ असार २०७७
काठमाडौं–पहिलो पटक नाायिका सीता लामाको निर्देशनमा तामाङ चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ चाँडै प्रदर्शन हुने भएको छ । मंगलबार उक्त चलचित्रको गीत एला मिरी तथा फस्ट लुक सार्वजनिक गर्दै निर्माण पक्षले जानकारी दिएका हुन ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/107351306_1448989341959103_6160599965477381006_n-1024x452.jpg)
सक्सेस फिल्मको ब्यानरमा निर्मित यस चलचित्रलाई भगवती मोक्तानले निर्माण गरेका हुन् । प्रकाश मोक्तानको कथा लेखन र नायिका सीता लामाको निर्देशनमा एक्शन प्रधान चलचित्र दोर्जे डनको सिक्वेलमा बनेको दोर्जे डन ब्याक अगेन पनि एक्शन प्रधान हुने अन्दाज गर्न सकिन्छ ।
चलचित्रमा नायक कुमार मोक्तान, नायिका सीता लामा, सुजिना गोले, पुसन लामा, बिकास स्याङतान, अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल तामाङ, चन्द्र लामा, गोर्खा घिसिङ, अरुन लामा लगायतले अभिनय गरेका छन् ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/107381523_1481175508721267_5928383299526881008_n-1024x467.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/107381523_1481175508721267_5928383299526881008_n-1024x467.jpg)
चलचित्रको पहिलो गीत हेर्दा एक्सनसँगै गीत संगीत पनि लोभ लाग्दो देखिन्छ । कुमार स्याङ्बा, बिशाल काल्तान र भगवती मोक्तानको शब्द रचना र बिशाल काल्तान र जोगलाल लामाको संगीतमा गायक गायिकाहरु बिशाल काल्तान, जितु लोप्चन, शशिकला मोक्तान, धर्मलाल लामा र प्रकाश लामाले स्वर दिएका छन् । लक्ष्मण घिमिरे, बिक्रम मोक्तान र अभिषेक माझीको छायाँकन रहेको चलचित्र रोधी डिजिटलमा मेक बहादुर थापाले सम्पादन गरेका हुन ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/107098816_2604174553172478_26917909055002069_n-1024x469.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/107098816_2604174553172478_26917909055002069_n-1024x469.jpg)
चाडै नै चलचित्रको ट्रेलर र भिडियो सार्वजनिक गर्ने नायक कुमार मोक्तानले जानकारी दिए । साथै बन्दाबन्दी खुले लगत्तै सहज वातावरण हुनासाथ चलचित्र प्रदर्शन हुने उनले बताए ।
एला मिरी तथा फस्ट लुक….