17.1 C
Kathmandu

ब्रेकिङ समाचारआज ४ जना थपिएसँगै काभ्रेमा कोरोना संक्रमितको संख्या १३ पुग्यो

आज ४ जना थपिएसँगै काभ्रेमा कोरोना संक्रमितको संख्या १३ पुग्यो

२१ असार २०७७
धुलिखेल ।
काभ्रेमा कोरोना भाइरस संक्रमित ४ जना थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले उक्त कुराको पुष्टि गरेका छन् ।
डा. झाका अनुसार पाँचखाल नगरपालिकाका २६ र ३९ वर्षिय पुरुष २ जना, महाभारत गाउँपालिकाका २२ वर्षिय पुरुष १ जना र बनपा नगरपालिकाका २८ वर्षिय पुरुष १ जना रहेका छन् । महाभारत गाउँपालिकाका २२ वर्षिय पुरुष सञ्जीवनी माविमा रहेको क्वारेन्टाइनमा रहेको झाले बताए ।
यससँगै काभ्रेमा संक्रमित संख्या १३ पुगेको छ भने ६ जना उपचार पछि घर फर्केका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्