18.1 C
Kathmandu

ब्रेकिङ समाचारतामाङ कल्याण गुठीद्धारा स्तुपा हस्पिटलको क्वारेन टाइनमा १० वटा वेड सहयोग

तामाङ कल्याण गुठीद्धारा स्तुपा हस्पिटलको क्वारेन टाइनमा १० वटा वेड सहयोग

२० असार २०७७–काठमाडौ / बौद्ध तामाङ कल्याण गुठीले चुचेपाटीस्थित स्तुपा सामुदायिक हस्पिटलको नयाँ भवनमा १० थान आधुनिक बेड हस्तान्तरण गरेको छ ।


हस्पिटलले दोस्रो तलामा कोरोना भाइरस लक्षितका लागि तयार गरिएको ‘क्वारेन टाइन’ का लागि गुठीका अध्यक्ष खड्गजीत लामाले हस्पिटलका अध्यक्ष डा गणेश योञ्जनलाई बेड हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा गुठीका अध्यक्ष लामाले करीव २ लाख रुपैँया बरारको १० वटा आधुनिक बेड हस्पिटलाई सहयोग गर्न पाउँदा संस्थाले सामाजिक दायित्व पुरा गरेको बताए ।
‘स्तुपा सामुदायिक हस्पिटल बौद्ध क्षेत्रमा भएकाले यस्ले थप जिम्मेवारी महशुस हुन्छ । साथै चुच्चेपाटीको नयाँ भवनले यस क्षेत्रका स्थानियलाई थप स्वास्थ्यमा सहज हुने अपेक्षा छ,’गुठीका अध्यक्ष लामाले भने,‘अहिले कोरोनाले काठमाडौं थप त्रसित हुँदैछ । दैनिक विरामी थपिदै छ । यसकारण हाम्रो सहयोगले सरकारलाई पनि सहयोग पुग्ने छ ।’

कोरोना भाइरसले लक डाउन भएपछि विभिन्न क्षेत्रमा गुठीले निम्नवर्गका लागि खाद्यन्न समेत वितरण गरेको थियो ।
हस्पिटल सञ्चालक समितिका महासचिव प्रदिप बम्जनले गुठीले गरेको सहयोग प्रंसनीय रहेको बताए । आगामि दिनमा गुठीयार र हस्पिटलबीचको सहकार्य निरन्तरता हुनु पर्ने धारणा राखेका थिए ।
हस्पिटलका अध्यक्ष डा। गनेश योञ्जनले हस्पिटल स्थापनादेखि अहिलेसम्मको सहकार्य र समन्वय निरन्तर रहनु पर्ने बताए । अहिले कोभिड १९ ले सबैलाई संन्त्रसत पारेको बताउँदै यसबाट सुरक्षित र सचेत रहनु पर्ने अध्यक्ष योञ्जनको भनाई थियो । साथै, हस्पिटललाई बेड सहयोग गर्ने गुठीलाई सम्मानपत्र द्धारा सम्मान गरीएको थियो

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्