17.1 C
Kathmandu

ब्रेकिङ समाचारबेथानचोक गाउँपालिकामा भेटियो एक जना संक्रमित, काभ्रेमा संक्रमित संख्या ६ पुग्यो

बेथानचोक गाउँपालिकामा भेटियो एक जना संक्रमित, काभ्रेमा संक्रमित संख्या ६ पुग्यो

१४ असार २०७७
धुलिखेल ।
काभ्रेका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेथानचोक गाउँपालिका वडा नम्बर ४ का २३ बर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
जेठ २ गते भारतबाट आएका उनको स्वाब संकलन गरेर असार १० गते धुलिखेल अस्पताल पठाइएको थियो । आइतबार उनमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

कोरोना संक्रमित उनलाई उपचारको लागि टेकु लगिएको छ । आइसोलेसनमा राखि उपचार गर्नुपर्ने भएकाले उनलाई शुक्रराज ट्रफिकल अस्पताल टेकु पठाइएको डा. झाले बताए ।

जिल्लामा १३ वेडको आइसोलेसन कक्ष छन् । तर कोरोना संक्रमितलाई ती आइसोलेसनमा राखेर उपचार गर्ने गरिएको छैन । यस अघि संक्रमित ५ जनालाई पनि भक्तपुरको दूवाकोट स्थित काठमाण्डौ मेडिकल कजेलमा उपचार गरिएको थियो । उनीहरू सबै उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

हालसम्म काभ्रेका जिल्लाका मात्रै ११ सय ६९ जनाको स्वाब संकलन गरी पिसिआर विधि मार्फत धुलिखेल अस्पातालमा परीक्षण गरिएको छ । काभ्रेमा २३ सय ९४ जनाको आरडिटी विधि मार्फत कोरोना परीक्षण भइसकेको छ । जिल्लाको १३ वाटै स्थानीय तहको क्वारेन्टाइनमा १ सय ८६ जना पुरुष र ३२ जना महिला गरी जम्मा २ सय १८ जना रहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्