30.1 C
Kathmandu

मनोरञ्जनवरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

 वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ। आइतबार ललितपुर बागडोलस्थित आफ्नै निवासमा उनको निधन हो।

उनी लामो समयदेखि प्यारालाइसिसका बिरामी थिए।

उनको आजै पशुपतीस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने भएको छ।

नेपाली फिल्म ‘जीवन रेखा’ बाट उनले नेपाली फिल्म क्षेत्रमा अभिनय सुरु गरेका थिए। साथै उनले टेलिश्रृङखला पनि उत्तिकै प्रखर भूमिका निभाएका छन्।

भारतीय फिल्म ‘पञ्चओटी’ तथा पाकिस्तानी फिल्ममासमेत अभिनय गरेका चन्दले म्युजिक भिडियोमा पनि काम गरेका छन्।

उनले भाग्य रेखा, फेरि भेटौँला, भागी भागी नजाऊ, विश्वास, मायालु, युद्धलगायत चलचित्रमा अभिनय गरेका छन्।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्