24.1 C
Kathmandu

समाचारथप दुई जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

नेपालमा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रे र महोत्तरीका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। संक्रमित काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

योसँगै कोरोनाबाट संक्रमितको संख्या २७८ पुगेको छ। संक्रमितमध्ये २२४ जना पुरुष र ५४ जना महिला रहेका छन्। संक्रमितमध्ये ३६ जना भने निको भएर घर फर्किसकेका छन्।

यसअघि शनिबार बिहान र दिउँसो कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटाका तीन जना, बर्दिया नार्खु– ११ निवासी २८ र २९ वर्षीय पुरुष, सिराह सखुवा– १९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगरा–४ निवासी १८ वर्षीय महिला र चितवन गढौली–१ निवासी २५ वर्षीय महिला गरी ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्