30.1 C
Kathmandu

समाचारआजबाट जिल्लाभित्रका सवारी पास रद्द

आजबाट जिल्लाभित्रका सवारी पास रद्द

लकडाउनको बेला जिल्लाभित्र सवारी साधन सन्चालन गर्न जारी गरिएका सबै प्रकारका पासहरु आजबाट रद्द गरिएको छ । यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जेठ १ गतेदेखि नै रद्द गरिएको थियो ।

गृहमन्त्रालयले शुक्रबार पुनः अर्को सूचना जारी गरी जेठ ३ गतेबाट जिल्ला भित्रका सवारी पास पनि रद्द गरिएको जानकारी गराएको छ । सोही सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयहरुले पनि छुट्टै सूचना जारी गरेर सवारी पास रद्द गरिएको जानकारी दिएका छन् ।

कोरोना संक्रमित व्यक्तिहरु धेरै फेला पर्न थालेपछि लकडाउनलाई कडाइ गर्ने नीतिअनुसार सबै प्रकारका पासहरु रद्द गरिएको गृहमन्त्रालयका केदारनाथ शर्माले बताए । यसअघि गृहमन्त्री, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिहरुको संयुक्त बैठकमा लकडाउनलाई कडाइ गर्ने निष्कर्ष निकालेको थियो ।

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्