30.1 C
Kathmandu

समाचारतीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गरिने

तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गरिने

सरकारले आगामी तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गर्ने लक्ष्य अघि सारेको छ।

शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गर्ने लक्ष्य सरकारको रहेको बताएकी हुन्।

राष्ट्रपति भण्डारीले हालसम्म ५५१ स्थानीय तहका २७ लाख बढी नागरिकको स्वास्थ्य बीमा गरिएको उल्लेख गरेकी छिन्। सरकारको नीति तथा कार्यक्रममा आधारभूतबाहेकका स्वास्थ्य सेवाहरु क्रमशः थप गरिँदै लगिने पनि उल्लेख छ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्