नेपालमा थप ९ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै ९ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यो सँगै संक्रमितको संख्या २५८ पुगेको छ ।
मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ८ जना र मकवानपुरका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबै पुरुष हुन् । अधिकारीका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।
यसअघि बिहिबार साँझ काठमाडौंको दहचोक निवासी ७ वर्षीय बालक, धनुषा जनकपुरकी १७ वर्षीया किशोरी र धादिङकी ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको थियो ।