30.1 C
Kathmandu

अन्तर्राष्ट्रियभारतमा कोरोना भाइरस संक्रमितको संख्या ६७ हजार नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६७ हजार नाघ्यो

भारतमा कोरोना भाइरसको संक्रमितको संख्या सोमबारसम्म ६७ हजार १५२ जना पुगेको छ।  गत २४ घण्टामा भारतमा थप ४ हजार २२३ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

भारतमा यस प्रकोपबाट मृत्यु हुनेहरुको सख्या २ हजार २०६ जना पुगेको छ। यस संक्रमणबाट निको भएका विरामीको संख्या २० हजार ९१६ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ। भारतमा सोमबार बिहानसम्मको तथ्यांकअनुसार हाल कोरोना भाइरसका ४४ हजार ८२९ जना संक्रमितहरु अस्पतालमा उपचाररत छत्।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन्। यहाँमात्र २२ हजार १७१ नागरिक  कोरोना भाइरस संक्रमित रहेका छन्। यस संक्रमणबाट महराष्ट्रमा ८३२ को मृत्यु भएको छ।  महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ। त्यहाँ ८ हजार १९४ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन्, भने ४९३ जनाको मृत्यु भएको छ।  दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ६ हजार ९२३ जना विरामी छन्। त्यसैगरी तमिलनाडू ७ हजार २०४ संक्रमति रहेका छन्।

कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुर्इ साता लम्बाएको छ। भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुर्इ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो।

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो। दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो। दोस्रो लकडाउन मे ३ मा सकिदै थियो। कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो।

admin

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्