23.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा नगर गौरवको कालोपत्रे सडक उद्घाटन

नमोबुद्धमा नगर गौरवको कालोपत्रे सडक उद्घाटन

७ साउन २०७८


भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाको व्यापारिक केन्द्र भकुण्डे बजारमा निर्माण गरिएको कालोपत्रे सडकको बिहीबार उद्घाटन गरिएको छ । 
नगरपालिकाले नगर गौरवको आयोजनाको रुपमा लिएको वडा नंवर ७ स्थित भकुण्डे, लभनेपाल दारिमटार हुँदै लामा जक्सन सडकको बिहीबार नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेका हुन् । यो सडक विपी राजमार्गबाट सुरु भएर बजारको भित्री भाग हुँदै पुनः विपी राजमार्गसम्म जोडिएको छ । उत्तः सडकखण्ड नगरपालिकाले निर्माण गर्न लागेको बाइपास रोडसँग पनि जोडिनेछ ।


६ सय मिटर लामो उक्त सडक कालोपत्रेको काम रेग्मी निर्माण सेवाले गरेको हो । सडकको दुवैतर्फ पक्की ड्रेनसहित कालोपत्रे गरिएको छ । सडक निर्माणका लाग वागमति प्रदेश सरकारले समपुरक अनुदानअन्तर्गत एक करोड रुपैयाँ र नमोबुद्ध नगरपालिकाले १ करोड रुपैयाँ विनियोजन गरेका थिए । त्यसमा ड्रेनसहित सडक निर्माण र कालोपत्रेका लागि १ करोड ४२ लाख ४७ हजार ६ सय २१ रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । कुल बजेटको बाँकी बजेटबाट थप ड्रेन निर्माणका लागि सम्झौता गरिएको थियो ।
सडक उद्घाटन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले भकुण्डे बजारलाई व्यवस्थित बनाउनका लागि यो सडकलाई प्राथमिकताका साथ निर्माण र कालोपत्रे गरिएको बताए । बजारका अन्य भित्री सडक कालोपत्रे गर्ने कामसमेत अघि बढिसकेको बताउँदै उनले यसपटकको नीति तथा कार्यक्रम र बजेटमा प्रत्येक वडामा कम्तीमा एकवटा नगर गौरवका आयोजना सञ्चालन गर्ने लक्ष्यसहित काम अघि बढाइएको जानकारी दिएका छन् । जनप्रतिनिधि निर्वाचित भएदेखि नै सडक निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाइएको र सोहीअनुसार सर्व वडाको केन्द्रसम्म पुग्ने सडक निर्माण तथा स्तरोन्नतिको काम गरिएको तिमल्सिनाले बताए । 


सडक उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडाअध्यक्षहरु वडा नं। २ का अध्यक्ष सञ्जीव ढकाल, वडा नं ६ का अध्यक्ष कुलप्रसाद न्यौपाने, ७ का अध्यक्ष धर्मसिं लामा, ८ का अध्यक्ष शेरवहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो । 

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्