30.1 C
Kathmandu

ब्रेकिङ समाचार२४ घण्टामा ७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुग्यो

२४ घण्टामा ७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुग्यो

१५ भाद्र २०७७/अर्जुन लामा
काठमाडौं– कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाको कारण मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुगेको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ महिलासहित ७ जनाको मृत्यु भएको छ। सोमबार कोरोनाबाट मृत्यु हुनेमा महोत्तरीमा एक बालिका वर्षीय,गोरखामा दुई महिला र झापा, रौतहट, चितवन र भक्तपुरमा एकर एक गरी चार पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ८९९ संक्रमित संख्या थपिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्