27.1 C
Kathmandu

ब्रेकिङ समाचारतेमालको सातौं गाउँसभा सम्पन्न, नीति तथा कार्यक्रम र बजेट पारित

तेमालको सातौं गाउँसभा सम्पन्न, नीति तथा कार्यक्रम र बजेट पारित

१३ असार २०७७
तेमाल । काभ्रेको तेमाल गाउँपालिकाको सातौं गाउँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ । असार १० गते भित्र अधिवेशन गरिसक्नुपर्ने बाध्यत्मक व्यवस्था भएपनि तेमाल गाउँपालिकाले भने शुक्रबार (१२ गते) गाउँसभा सम्पन्न गरेको छ ।

गाउँसभामा तेमाल गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम अध्यक्ष सलामसिं तामाङले प्रस्तुत गरेका थिए भने बजेट उपाध्यक्ष दुर्गामाया तामाङले प्रस्तुत गरेकी थिइन् ।
गाउँसभामा स्वागत मन्तव्य राख्दै गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष ज्ञानबहादुर तामाङले तेमालका सबै जनप्रतिनिधि एक भएर अगाडि बढेको बताए । पर्याप्त छलफल गर्नुपर्ने भएकोले निर्धारित समय भित्र गाउँसभा हुन नसकेको उनले बताए ।

गाउँसभाको उद्घाटन सत्रको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले गरेका थिए ।

‘रोकौं महामारी, उठाऔं पूर्वाधार, बढाऔं उत्पादन, बनौं स्वरोजगार’
अध्यक्ष तामाङद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा यस पटक नयाँ नारा ल्याएका छन् । ‘रोकौं महामारी, उठाऔं पूर्वाधार, बढाऔं उत्पादन, बनौं स्वरोजगार’ नारालाई नीति तथा कार्यक्रममा ल्याएको हो । नीति तथा कार्यक्रमको सारभूत अभिव्यक्ति यो नाराले दिएको छ ।
नीति तथा कार्यक्रम भित्र मुख्यतः उत्पादनमा जोड दिंदै कृषिलाई व्यवस्थित गर्ने उल्लेख गरेको छ । सबैभन्दा बढी बुँदा कृषिको विषयमा रहेको छ ।

‘वस्ती स्तर हुँदै वडास्तरमा प्राथमिकीकरण भई प्राप्त योजनाहरु गाउँपाकिला भित्र एक भन्दा बढी वडाहरु र वस्तीहरुका साथै गाउँपालिका केन्द्र जोड्ने सडक योजना तथा कार्यक्रम, राष्ट्रिय राजमार्गबाट सहज पहँुच बनाउने गाउँपाकिलाको गौरवशाली रणनैतिक सडक योजनाहरु, समृद्ध तेमाल निर्माणमा टेवा पु¥याउने कृषि, शिक्षा, स्वास्थ्य, पशपंक्षी विकास, महिला विकास, पर्यटन विकास लगायत समग्र विकासमा आमूल परिवर्तन गर्ने योजनाहरुको समिश्रण गरिएको दिगो विकाससँग जोडिएका योजना सहित ‘रोकौं महामारी, उठाऔं पूर्वाधार, बढाऔं उत्पादन, बनौं स्वारेजगार’को अभियान सञ्चालनका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छु ।’ अध्यक्ष तामाङद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषि तथा पशुमा जोड
नीति तथा कार्यक्रममा कृषि र पशुलाई बढी जोड दिएको छ । निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक र वैज्ञानिक कृषि प्रणालीमा रुपान्तरण गर्न सबै वडामा तरकारी तथा फलफुल सम्भाव्यता अध्ययन गरी व्यवसायीक खेतीलाई प्रवद्र्धन गर्ने उल्लेख छ ।
पशु स्वास्थ्य, पशुपालक कृषकहरुलाई अनुदान, कृषि सामाग्रीहरु वितरण, अनुदानमा मल, एक वडा एक प्राविधिकको व्यवस्था लगायतका नीति गाउँपालिकाले लिएको छ ।

मातृभाषामा सिकाई
तेमाल गाउँपालिकाले मातृभाषा तामाङमा सहजीकरण गर्ने उल्लेख छ । ‘सिकाईलाई सरल र मजबुत बनाउनका लागि तोकिएका विद्यालयहरुमा प्राथमिक तहमा मातृभाषा तामाङमा सिकार्य सहजीकरणको व्यवस्था मिलाइनेछ ।’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
तेमालमा एक प्राविधिक शिक्षालयको सम्भाव्यता अध्ययत गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘सबैको सहमतिमा प्राविधिक धारको शिक्षालय स्थापनाका लागि सम्भाव्यता अध्ययत गरिनेछ ।’ नीति तथा कार्यक्रमम उल्लेख छ ।
साथै शैक्षिक संस्थाहरुलाई प्रविधि मैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘प्रविधि मैत्री शैक्षिक वातावरण निर्माण गर्नका लागि कम्प्युटर नभउको सबै विद्यालयहरुमा कम्प्युटरको व्यवस्थापन गर्दै जाने, माध्यमिक तहका सबै विद्यालयमा सिसि क्यामराको माध्यमबाट नियमित अनुगमन गर्ने व्यवस्थालाई निरनतरता दिइनेछ ।’ नीति तथा कार्यक्रममा लेखिएको छ ।

कोरोना विरुद्ध जुनसुकै कदम चाल्न तयार
तेमाल गाउँपालिका कोरोना मुक्त गाउँपालिका बनाउन जुनसुकै कदम चाल्न प्रयासरत रहने नीति तथा कार्यक्रममा लेखेको छ ।
कोभिड–१९ बाट सुरक्षित रहन क्वारेन्टाइन व्यवस्थापन, प्रत्येक तेमाबासी नागरिकको नियमित स्वास्थ्य जाँच, औषधि व्यवस्थापनलाई निरनतर कायम राख्ने तेमालको नीति रहेको छ ।
जनसमुदाय स्तरमा स्वास्थ्य शिक्षामुलक कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन, लैंगिक समानता तथा समावेशीकरण सम्बन्धी कार्यक्रमहरुलाई जोड दिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्