समाचार३ बुँदे माग सहित तामाङ घेदुङ र मगर संघद्धारा संयुक्त आन्दोलनको घोषणा...

३ बुँदे माग सहित तामाङ घेदुङ र मगर संघद्धारा संयुक्त आन्दोलनको घोषणा !

काठमाडौं । नेपाल तामाङ घेदुङ र नेपाल मगर संघद्धारा संयुक्त रुपमा विभिन्न ३ वटा माग सहित भोलीको लागी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

शनिबार संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्ती अनुसार २२ गते सोमबारको लागी आन्दोलनको कार्यक्रम तय गरिएको हो । विज्ञप्तीमा उल्लेख गरिए अनुसार अधिवक्त भगवती पाण्डेले सिङ्गो तामाङ मगर लगायत आदिवासी जनजाती समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले व्याख्या गर्नुका साथै आनुवंशिक रुपमा नै समस्त समुदायलाई अपराधीकरण गर्ने र मान्छेलाई जनावरसंग तुलना गर्नेगरी दिएको कपोकल्पित, भ्रामकर तथ्यहीन अभिव्यक्तिले सिंगो आदिवासी समुदायको आत्म सम्मान र प्रतिष्ठामा गम्भीर चोट पर्‍युाएको सन्दर्भमा निजलाई पक्राउ गर्न भनि जिल्ला प्रहरी परिसर टेकुमा शान्तिपूर्ण रुपमा धर्ना कार्यक्रमको बीच प्रदर्शनमा सहभागी केहीलाई पक्राउ गरी अमानविय तवरले कुटपिट, लाठी चार्ज समेत गरी घाईते भएको कुरा उल्लेख गर्दै ३ वटा मागहरु समेत सार्वजनिक गरिएको छ ।

तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी विवादास्पत अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानून बमोजिम हदैसम्म सजाय गरियोस्, शान्तिपूर्ण आन्दोलनमा आफ्नो मागहरु राखिरहेका अभियान्तहरुलाई नियन्त्रणमा लिइसकेपछि अनावश्यक बल प्रयोग गरी चरम यातना दिने प्रहरीलाई कारवाही गरियोस्, १७ गतेको आन्दोलनमा प्रहरीको चरम यातना तथा निर्घात कुटपिटबाट घाइते भएका दर्जनौं अभियान्तहरुलाई उपचार खर्चसहित उचित क्षतिपूर्ति दिइयोस् लगायतका ३ वटा मागहरु प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार शान्तिपुर्ण आन्दोलन भोली ठिक एक बजे काठमाडौंको माईतीघर मण्डलामा हुने र काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका सम्पुर्ण तामाङहरुलाई माईतीघर मण्डलामा उपस्थिती जनाउन आह्वान गरिएको छ भने अन्य जिल्लाहरुको हकमा भने आआफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यल अगाडि धर्ना दिंदै प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयमा ज्ञापन–पत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।

नेपाल तामाङ घेदुङ र नेपाल मगर संघले संयुक्त रुपमा घोषणा गरिएको उक्त विरोध प्रदर्शनमा अन्तर्राष्ट्रिय तामाङ परिषद, नेपाल राष्ट्रिय तामाङ घेदुङ, नेपाल तामाङ कलाकार संघ, म्हेन्दोमाया कलाकार संघ, नाङ्साल क्लव–नेपाल लगायत अन्य थुप्रै अदिवासी संघ संस्थाहरुले समेत एक्यवद्धता जनाईसकेका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्