28.1 C
Kathmandu

समाचारआन्दोलनमा उत्रिएका किरात राई यायोख्खाका अध्यक्ष जीवन सहित ३० जना पक्राउ

आन्दोलनमा उत्रिएका किरात राई यायोख्खाका अध्यक्ष जीवन सहित ३० जना पक्राउ

काठमाडौ । कोशी नामकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हताजु राई पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई विराटनगरको देवकोटा चोकमा रहेको एक होटेलमा चिया खाएर बाहिर निस्किने क्रममा उनलाई पक्राउ गरेको हो ।

अध्यक्ष राई पक्राउ परेसँगै हालसम्म आन्दोलमा उत्रिएकाहरु पक्राउ पर्नेको सङ्ख्या ३० पुगेको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि यसअघि बिहान आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् ।

गत पुस १७ गते प्रदेशको नामकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्