28.1 C
Kathmandu

समाचारगृहमन्त्री श्रेष्ठद्वारा तेमालमा नव निर्मित गुम्बाको अनावरण

गृहमन्त्री श्रेष्ठद्वारा तेमालमा नव निर्मित गुम्बाको अनावरण

काठमाडौ – उप प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट काभ्रेको तेमाल गाउँपालिका वडा न.८ टेकानपुर (योगर)मा नव निर्मित उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको अनावरण गरेका छन ।

शनिबार बिहानै देखि बौद्ध धर्म अनुसार लामा गुरुहरुबाट पुजा पाठ अर्थात ह्राब्नेको साथै परम पुज्यनीय क्याब्जे श्याल्पा तान्जिन रिन्पोछेबाट वाङ (अभिषेक) पश्चात् गृहमन्त्री श्रेष्ठ र बौद्ध धर्म गुरु क्याब्जे श्याल्पा तान्जिन रिन्पोछेले संयुक्त रुपमा गुम्बाको औपचारिक उद्घाटन गरेका हुन ।

कार्यक्रममा पूर्वमन्त्री एवम प्रतिनिधि सभा सदस्य माननीय सुर्यमान दोङ, प्रदेश सभा सदस्य रत्न ढकाल, तेमाल गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुका साथै राजनितीक व्यक्तित्वहरु समेत अतिथिको रुपमा उपस्थित रहेका थिए ।

वरिष्ठ पत्रकार जगतमान दोङको अगुवाइमा २०७७ साल पौष २० गतेबाट निर्माण कार्य थालेको उक्त गुम्बाको लागि गुम्बाकै अध्यक्षद्वय जगतमानको बुबा गुन्जमान दोङ र आमा स्यम्पु पाख्रीनले २ रोपनी ११ आना जग्गा दान गरेका हुन । विभिन्न संघ संस्था तथा देश विदेशमा रहेका नेपालीहरुको आर्थिक सहयोग (चन्दा सन्कलन) बाट निर्माण सम्पन्न उक्त गुम्बाको हाल सम्मको लागत भने १ करोड ५० लाख रहेको अध्यक्ष जगतमान दोङले बताए । गुम्बाको भवन निर्माण सम्पन भए संगै विभिन्न चुनौतीका वाबजुत गुम्बा उद्घाटन कार्य सके पनि अझै गुम्बा परिसरमा कम्पाउन्ड निर्माण,ध्यान केन्द्र लगायत अन्य थुप्रै संरचनाहरु निर्माण गर्न बाकी रहेको अध्यक्ष दोङले बताए ।

बौद्ध धर्म गुरु र भक्तजनहरुको स्वागतका लागि गुम्बा प्रवेशद्वार बि.पि. राजमार्ग देखी योगर खुलुम गाउँ नै लुङ्दा दार्ज्युले झकी झकाउ रुपमा सझाएका थिए ।

गुम्बाको उद्घाटन संगै योगर खुलुमका स्थानियहरुमा एक खालको उत्साह छाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्