28.1 C
Kathmandu

समाचारअन्तराष्ट्रिय तामाङ परिषदले गरे वेबसाइट र तामाङ भित्तेपात्रोको एकै साथ सार्वजनिक

अन्तराष्ट्रिय तामाङ परिषदले गरे वेबसाइट र तामाङ भित्तेपात्रोको एकै साथ सार्वजनिक

काठमाडौ । अन्तराष्ट्रिय तामाङ परिषदले परिषदको आफ्नै वेबसाइटको शुभारम्भ गर्नुका साथै तामाङ भित्तेपात्रोको सार्वजनिक गरेका छन् । शुक्रवार काठमाडौ बौद्धस्थित एक होटलमा पत्रकार सम्मेलनका बिच परिषदले औपचारिक रुपमा वेबसाइट र तामाङ भित्तेपात्रो एकै साथ सार्वजनिक गरेका हुन् ।

तामाङ परिषदका संस्थापक अध्यक्ष पर्शुराम तामाङको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा परिषदका बरिष्ठ उपाध्यक्ष टासी लामा, महासचिव मोहन गोले, अमृत योञ्जन, डा.मुक्त सिं तामाङ, लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहित पत्रकारहरुको उपस्थिति रहेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य राख्दै उपाध्यक्ष टासी लामाले ४ औँ सम्मेलन मार्फत आफूहरुलाई दिएको जिम्मेवारी पूर्ण रुपमा वहन गर्ने क्रममा रहेको र यस पटक परिषदको सम्पूर्ण निर्णय तथा दस्ताबेजहरुलाई दस्तावेजिकरण गर्ने र यसलाई बिश्वव्यापी रुपमा फैलिएका तामाङहरुले सहज रुपमै तामाङ परिषदको बारेमा र यसको सम्पूर्ण क्रियाकलाप तथा गतिविधिको बारेमा जानकारी दिने उदेस्यले अहिलेको प्रविधिमैत्री युगलाई मध्यनजर राख्दै वेबसाइट सार्वजकि गरेको बताए ।

सन् २००१ मा गठन भएको तामाङ परिषद विश्वव्यापी रुपमा छरिएर रहेका तामाङहरुको अवस्था र दृश्टिकोण सहितको घोषणापत्र र परिषदको उदेश्यहरुको बारेमा प्रस्ट पार्दै प्रमुख अतिथि पर्शुराम तामाङले भने, घोषणापत्र र ती योजनाहरुलाई आबस्यकताअनुसार परिमार्जन गर्दै लैजाना र अब परिषद एक्सन प्लानमा उत्रिन समेत सुझाव दिए । कार्यक्रममा बोल्दै अमृत योञ्जनले भने परिषदको आगामी योजनाहरुलाई समेत वेबसाइटमार्फत सार्वजानिक गर्नुपर्ने सुझाव दिएका छन् । त्यसै गरि डा.मुक्त सिंले हाल सम्म परिषले निर्धारण गरेका उदेश्यहरु के कत्ति पुरा भयो, के कत्ति पुरा हुन बाँकी छन् ति सबै कुराको समेत जानकारी गराउनु पर्ने बताए । वेबसाइटमा तामाङ परिषद के हो, यसले के गर्छ र अहिले के गरिरहेको छ भन्ने कुरहरु समेत समावेस गर्नुपर्ने सुझाव दिएका छन् ।

उक्त कार्यक्रममा संस्कार संस्कृतिक निर्देशिका पनि सार्वजनिक गरेका थिए ।  

www.tamangcouncil.org

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्