19.1 C
Kathmandu

विचारकता जादैछ जापानमा नेपाली विद्यार्थीको भबिष्य,किन बढ्दै छ आत्माहत्या? - लेख !

कता जादैछ जापानमा नेपाली विद्यार्थीको भबिष्य,किन बढ्दै छ आत्माहत्या? – लेख !

३० जेठ २०७९ कुङ्गा होईसेर(दिपक)तामाङ
जापान- म लेखिरहने लेखक त हैन तर समसामयिक घटनाहरुको बारेमा भने मनमा लागेका कुराहरु शब्दमा उतार्न मन पराउछु, केहि हप्ता अघि मात्रै जापनको नागोया आएका चितवन घर भएका बर्ष २६ का एकजना भाईले आत्माहत्या गरे, त्यसै गरी गएको हप्ता मात्रै टोक्योमा परिवार सङै कुक भिजामा रहनु भएको एक जना नेपालीले पनि ८ तलाबाट हाम फाल्दै आफैलाई सिध्याए त्यस्तै यस भन्दा अघि पनि बर्षेनी एक / दुइ जना नेपाली तथा नेपाली विध्यार्थी ले जापानमा आत्माहत्या गर्दै आईरहेका छन्, आखिर किन आत्माहत्या को दर यसरी बढ्दै छ जापानमा ? कता जादैछ जापानमा नेपाली विध्यार्थीको भबिष्य ? र के हुन सक्छन अबको चुनौती अनि समाधान ? आज यसै विषय मा आधारीत रहेर चर्चा गर्ने कोसिस गर्ने छु, नेपाली विध्यार्थीकै बारेमा मात्र लेख्ने कोसिस गर्ने छु, यो मेरो नितान्त व्यक्तिगत विचार हुन् र कसैलाई आघात पर्न गए माफी चाहान्छु , अत: बिषयबस्तु तिर लाग्छु :

आखिर किन बढ्दै छ आत्माहत्यादर ?

पछिल्लो समय विध्यार्थीको रुपमा जापान आउने नेपाल लगाएत अन्य थुप्रै देशको विध्यार्थी हरु को सङ्ख्या निकै ठुलो रुपमा बढ्दै गैरहेको छ, सङ्ख्या बढ्दै गैसकेपछि समस्याहरु,बढ्नु चुनौति बढ्नु सान्दर्भिक नै हुन ! यहि समस्या, चुनौती को विचपनि विध्यार्थीको रुपमा जापान आईपुगेका विध्यार्थीहरुको बर्षेनी आत्माहत्यादर बढ्दै गैइरहेकोछ ! आखिर किन गर्छन आत्माहत्या ? मैले बुझेको कारणहरु –

पहिलो कुरोत हामी जापान आउन हतार मात्र गर्छौँ तर मानसिक रुपमा पुर्न तयार हुदैनौँ, नेपालमा च्याउ सरी उम्रीएका जापानी भाषा कन्सल्ट्यान्सीहरुको गलत सल्लाह,परामर्श सङै हाम्रो सोच स्रीप जापान पुगौँला अनि जे होला होला भन्ने जमात ठुलो छ, म पनि यहि सोचमा आईपुगेको हुँ, जापान आउन निकै खर्चिलो छ, हामी जस्तो मध्यम बर्गिय परिवारले चर्को व्याजदरमा रिन काडेर जापान आईपुगिन्छ , नयाँ ठाउ, नयाँ वातावरण , नया सोसाईटी , रहनसहन सबै नयाँ अनि भाषाको समस्या , भाषा नै नभै सकेपछि सबै कुरा सुन्य लाग्छ, एक पटक तपाई आफै सोच्नुस त भाषा विना को जिन्दगी कस्तो हुन्छ , सामान्य भाषा पनि बोल्न नसक्नु बुझ्न नसक्नु नै पहिलो समस्या हो अनि अब सुरु हुन्छ अरु समस्या , दिनप्रति दिन बढ्दै गरे को व्याजले सताउन थाल्छ , पारिवारिक विछोड , प्रेम-सम्बन्ध , अपरिपक्वता उमेर ,जापान आउनु अघि नेपालमा जति सोचिन्छ जति सपना देखिन्छ , वास्तविकता धेरै फरक छ, साथीभाईहरुको सामाजिक सन्जालमा आईफोनले टलक्क पारेर खिचेको तस्विर हेर्दै मा महिनामा लाख लाख कमायो भनेको सुन्दैमा मनमा जति सपना देखिन्छ त्यस को पछाडिको समस्या हामीले सोच्दा पनि सोच्दैनौँ , यहि सन्दर्भमा एउटा कुरा गर्छु है – अस्ति एउटा भाईले मलाई सोध्यो ‘’’दाई जापान कस्तो छ , म पनि आउन पर्यो भनेर’’ मैले बुझेर आउ भाई मलाई चाहि राम्रो नै छ भन्ने जवाफमा उस्ले फ्याट्टै भन्यो ‘’आफु चाइ लाख लाख कमाउने अनि मलाई चाइ बुझेर आउ रे’’ मुखभरीको जवाफ थियो निकै तर उमेरले अलिक आलाकाचै ती भाइ लाई सम्झाउने कोसिस गरे तर मान्ने सुन्ने छाटकाट देखिएन सायद उस्को ठाउमा म पनि भएको भए यहि सोच्थे होला !

कोरोना कहर पछि विस्तारै विस्तारै तग्रीदै गरेको जापान मा यति बेला झन्डै ८० देशको गएको दुई बर्ष देखि रोकिएका विध्यार्थीको ठुलो सङ्ख्या जापान आईपुग्दा यसको प्रत्यक्ष असर काममा देखिएको छ, काम पाउन एकदमै मुस्किल भैरहेको छ, भाषा स्कुलहरुमा विध्यार्थीहरुको सङ्ख्या ठुलो भएकोले स्कुलले समेत काममा लगाइ दिन नसकेको अबस्था छ, स्कुलले नयाँ विध्यार्थीहरुलाई जति केयर गर्नु पर्थ्यो , जति सहयोग गर्नु पर्थ्यो, त्यो हुन सकिरहेको अबस्था छैन,नेपालमा खुल्ला वातावरणमा बसेको हामी एकै चोटी यी र यस्ता सबै समस्याहरु भोग्न पर्दा मानसिक रुपमा तनाब हुनु स्वभाबिक नै हो तर यसै मानसिक तनाबलाई कन्ट्रोल गर्न नसक्नु नै आत्माहत्याको मुख्य कारन बनेको मेरो बुझाई छ !

कता जादै छ जापानमा नेपाली विध्यार्थीको भबिष्य ?

विध्यार्थीको रुपमा जापान आईसकेपछि प्रति हप्ता २८ घन्टा माथी काम गर्ने अनुमति विध्यार्थीको हकमा छैन, तथापी २८ घन्टाको कामले सामान्य जीवनयापन गर्न पनि गार्हो छ भने लाखौँ रिनको भारी अर्को छ यसैले गर्दा विध्यार्थीहरु यो नियममा रहेर काम गर्न निकै मुस्किल छ, जस्को कारन भिजामा समस्या आई जापन सरकारले थुप्रै विध्यार्थीलाई नेपाल नै फर्काइ दिएको धेरै घटनाहरु छन्, विध्यार्थी अबस्था सकिसकेपछि वर्किङ गर्न नसक्नु, भने जस्तो काम नपाउनु , कम्प्यानीहरु नपाउनु, पाए पनि सोचे जस्तो नहुनु विध्यार्थीको लागी अर्को समस्या बनेको छ ! यी र यस्तै विविध कारनले पनि आत्माहत्या दर बढीरहेको देखेको छु !

के हुन सक्छन समाधान ?

विध्यार्थीकै रुपमा जापान आउदै हुनुहुन्छ भने एक पटक हैन हजार पटक सोच्नुहोस, आफुलाई मानसिक रुपमा परिपक्क बनाउनुहोस, कि म किन , केका लागी , के गर्न के पाउन जापान जादैछु, जापान कस्तो देश हो, के जापानमा साच्चै भबिष्य छ ? जापानमा नेपाली विध्यार्थीको अबस्था कस्तो छ? यी प्रश्नहरुको जवाफ खोज्न थाल्नुहोस , सबै भन्दा पहिले त आफ्नो परिवार सग नै सल्लाह गर्नुहोस, परिवार लाई राम्रो सँग बुझाउने कोसिस गर्नुहोस, जापानी भाषा पढाउने कन्सल्ट्यान्सीहरु सङ बुझ्नु होस , जापान सम्बन्धी जानकार विग्यहरु सँग सर- सल्लाह – परामर्श लिनुहोस,जापानमा रहनु भएका आफन्त, साथीभाईहरु सँग बुझ्नुहोस, नेपालमै रहनु हुदा आउनु लाग्नु भएको देशको बारे बुझ्नु भयो भने तपाई मानसिक रुपले पनि यहाँको वातावरण मा घुलमिल हुन सहज हुने छ, जापान आईपुग्नु भएपछि तपाईको अभिभावक साथी सबै तपाई आफै नै हो त्यसैले एक्लै गर्न सक्छु भन्ने हिम्मत लिनुहोस अनि कम्तामा पनि पढाइमा व्याचलर सम्म सक्नुस ताकि यहाँ भाषा स्कुल सक्न वितिक्कै वर्किङ गर्न पनि पाईन्छ, नेपालमै रहनु हुदा सामान्य जापानी भाषा बोल्न बुझ्न सक्ने गरी कम्तिमा पनि एन-३ लेभल सम्मको भाषा तयार गर्नु भयो भने जापानमा धेरै भन्दा धेरै सहज हुने छ, जापान आईपुग्नु या आउनु मात्रै ठुलोकुरा हैन यहाँ आएर आफुलाई कसरी एडजस्ट गराउने, यहाँ रहनसहन कसरी बुझ्ने, यहाँको जीन्दगी कसरी चलाउने भन्ने कुरा पनि ठुलो हो , त्यसै गरी घरघर-परिवारले पनि छोराछोरी जापान विध्यार्थीको रुपमा पढ्न गएका हुन केहि समय पढेपछि कमाउछन् भन्ने हेक्का राख्नु पर्छ, छिमेकीको सन्तान्लाई हेरेर यति कमायो र उति कमायो भन्नु भन्दा पनि छोराछोरी कस्तो अबस्था मा छ त्यो बुझ्नुहोस, साथै नेपाल स्थित नेपाल सरकार, जापानी भाषाका कन्सल्ट्यान्सीहरु लगायत सम्बन्धित निकाय तथा जापानका सम्बन्धित निकायहरुले पनि जापान आउन लागेका या आईसकेका विध्यार्थीहरुलाई नियम नै लागु गरेर भएपनि सल्लाह परामर्श लिने दिने गर्ने हो भने पनि जापानमा पक्कै आत्माहत्या दर घट्नमा टेवा पुग्ने थियो कि !

के त्यसो भए जापानमा नेपाली विध्यार्थीहरुको भबिश्य नै छैन त ?

जवाफ मा ‘भबिष्य छ’ जस्ले आफ्नो राम्रो क्वालिटी बनाउन सकेको छ, भाषा बनाउन सकेको छ, भाषा स्कुल देखि सेनमोन कलेज सम्म राम्रो मेहेनेत गर्ने विध्यार्थीको भबिष्य छ, र धेरै विध्यार्थीहरुले राम्रो गरेको पनि देखेको छु, राम्रो पढ्न सक्ने विध्यार्थीको लागी विभिन्न छात्रावृत्ति को पनि ब्यबस्था छ, स्कुल, कलेजहरुमै पनि राम्रो विध्यार्थीको लागी छात्रावृत्तीको व्यबस्था पनि हुन हुन्छ ( सबै स्कुल, कलेजमा नहुन सक्छ) ! एक चोटी ठुलो सपना देख्नु भन्दा पनि न अत्ताली मानसिक स्ट्रेस नलिइ मेहेनेत गर्दै गए जापानमा अबश्य राम्रो छ, जापान देश नै त्यस्तो जहाँ मेहेनेति व्यक्तिले नै सफलता पाउछ ! कोरोनाको कहर विच विध्यार्थीलाई जापान सरकारले आर्थिक सहयोग गरेर पनि ठुलो गुन लगाएको छ, त्यसैले पनि आफ्नो मनोबल दरो बनाई गान्बाते गरौँ, सफल अबस्य भैईनेछ !

आरिगातोउगोजाइमास !

माओदिप थुलुङ राई
कादान अटोमोटिभ कलेज
सेन्दाई, जापान

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्