19.1 C
Kathmandu

कला/ साहित्यYSK Group को नयाँ गीत ताम-हप ला ग्याम भिडियो सहित बजारमा

YSK Group को नयाँ गीत ताम-हप ला ग्याम भिडियो सहित बजारमा

२८ माघ २०७८
काठमाडौ । तामाङ गीत संगीतको बजारमा र्याप गीतको माध्यम बाट छुट्टै क्रेज बनाउन सफल ग्रुप हो वाई.यस.के.। बिगत लामो समय देखी तामाङ भाषामा सरल र सालिन भाषामा र्याप गीत गाउदै आएको यो ग्रुपले धेरै लामो समयको ग्यापमा गत बर्ष रेबन चस्माको सार्वजनिक गरे संगै दर्शक श्रोताको मन जित्न सफल भएको छ ।

यसै ग्रुपले यो पटक फेरी अर्को गीत बजारमा ल्याएको छ । ताम-हप ला ग्याम बोलको तामाङ र्याप गीत आज YSK Group को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

आफ्नै ग्रुपको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको नयाँ गीतले रेवन चस्माले जस्तै थप क्रेज बनाउन सफल हुन्छ या हुंदैन त्यो भने ग्रुपको लागि परिक्षाको बिषय बनेको छ ।

यो पटकको नयाँ गीतमा भने ग्रुपको सदस्य कर्म को ईन्ट्री भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेको कर्म रेवन चस्मामा देखेको थिएन । कर्मको ईन्ट्री सङ्गै ताम-हपमा भने ग्रुपको सबै सदस्य हरु समेटिएको देखिन्छ ।

लामो समयको प्रयासमा ग्रुपको संयुक्त शब्द लेखनमा तयार पारिएको यस गीतको संगीत ग्रुपको नै रहेको छ । याङ्सङ, साङ्डुप, कवाङ, कर्म, सशिकला मोक्तान र सरिता दोङको संयुक्त आवाजमा रेकर्ड गरिएको यो गीत टिकटकमा अत्यन्तै चलेको देखिन्छ ।

यस गीतको भिडियोमा सारा खबरका संचालक मिलन लामा दोङ पनि पत्रकारको रोलमा देख्न सकिनेछ । र्यापको दुनियामा एकले अर्कालाई डिस हान्ने मुख छाड्ने र गाली गलौज गर्नेहरुका लागि भने यो गीतले राम्रो सङ्ग झड्का हान्ने अनुमान सहजै लगाउन सकिन्छ ।

रेवन चस्मामा महानायक अमिर दोङलाई निर्देशनको जिम्म दिएको ग्रुपले यस पटक भने ग्रुप अफैले भिडियो कन्सेप्ट तयार पारेको छ ।

भिडियो हेर्नुहोस…


Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्