28.1 C
Kathmandu

अन्तर्राष्ट्रियविश्वमा नै पहिलो पटक जापानमा रेलको लिगमा बस कुद्न सुरू

विश्वमा नै पहिलो पटक जापानमा रेलको लिगमा बस कुद्न सुरू

२८ डिसेम्बर २०२१/कुङ्गा होईसेर तामाङ(दिपक)
जापान-जापानमा रेलको लिग र सडकमा दौडने विश्वको पहिलो’डुअल-मोडल’को बस संचालनमा आएको छ।डिसेम्बर २५ तारिखबाट पश्चिमी जापानको शिकोकु क्षेत्रमा बस रेलको लिगमा कुद्न थालेको छ।
काईयोको तोकुशिमा प्रिफेक्चर सहरमा रहेको संयुक्त सार्वजानिक निजी उद्यम’आसा कोस्ट रेलवे कम्पनी’ले बस र रेल दूबै तरिकाले चलाउन मिल्ने गाडी तोकोशिमा र कोची प्रिफेक्चरहरूबीचमा संचालन थालेको हो।
संसारकै पहिलो पटक व्यवसायिक रूपमा रेल र बसको रूपमा संचालन आएपछि यस क्षेत्रका मानिसहरूले नयां पर्यटकीय स्थलका रूपमा सबैको ध्यान तान्ने विश्वास गरेका छन।
प्रत्येक बसमा १८ यात्रु सीट रहेको छ।बसको रूपमा गुडेपछि रेलको रूपमा ट्र्याकमा कुद्न यसलाई पाङ्ग्रा परिवर्तन गर्न करिब १५ सेकेन्ड मात्र लाग्छ।गाडीको रूपमा कुदेर रेलको रूपमा स्टिलको पाङ्ग्रा झार्न यसले १५ सेकेन्ड लगाउने बताईएको छ।
साप्ताहिक बिदाको दिन बाहेक अन्यदिनमा रेल र बसको रूपमा कुद्नको लागि करिब १५ किलोमिटर क्षेत्र छुट्याईएको छ।साप्ताहिक बिदामा भने ५० किलोमिटर क्षेत्रमा आवाकाईनान बुन्कामुरा सुविधा र ‘रोडसाईड स्टेसन’तोरोमु कोचि प्रान्तको मुरोतो शहरमा संचालन हुनेछ।
बस तथा रेलको रूपमा संचालन हुने यो गाडीमा यात्रा गर्न केही यात्रु सिट का लागि स्थानीय बासिन्दाहरूलाई प्रथामिकता तोकिएको छ।यस बाहेक जो कोहीले बसमा’सिट बुकिङ वेबसाईट’को माध्यमबाट पनि गर्न सक्छन।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्