अन्तर्राष्ट्रियओमिक्रोन तनावका कारण जापान'न्यु ईन्ट्री'अनिश्चित: प्रवेश प्रतिबन्ध लम्ब्याउने सम्भावना

ओमिक्रोन तनावका कारण जापान’न्यु ईन्ट्री’अनिश्चित: प्रवेश प्रतिबन्ध लम्ब्याउने सम्भावना

२४ डिसेम्बर २०२१/कुङ्गा होईसेर तामाङ(दिपक)
जापान-नव प्रवेशिकाहरूका लागि जापान प्रवेश थप अनिश्चित बन्ने सम्भावना बढेर गएको छ।ओमिक्रोन तनाबका कारण जापानले प्रवेश प्रतिबन्ध लम्ब्याउने देखिएको छ।
जापान सरकारले ओमिक्रोन कोरोना भाईरस फैलिनबाट रोक्नका लागि आफ्नो कडा सीमा प्रतिबन्धहरू अर्को महिना विस्तार गर्ने तयार गरेको छ।
जापानले हाल नव प्रवेशि विदेशीहरूलाई नोभेम्बर ३० देखि देशमा प्रवेश गर्न प्रतिबन्ध लगाईएको छ।’ओमिक्रोन भेरियन्ट’संङ्क्रमणका घटनाहरू पुष्टी भएका देशहरूबाट फर्केका जापानी नागरिकहरू र अरूलाई उनीहरूको आगमनमा सरकारले तोकेको सुबिधाहरू ‘क्वारिन्टिन’मा राख्न आवश्यक छ।सरकारले यसअघि एक महिनाका लागि उपायहरू लागू गर्ने योजना बनाएको थियो।जसअनुसार डिसेम्बर ३१ तारिखसम्मका लागि मात्र नव प्रवेशिको आगमनमा प्रतिबन्ध लगाईएको थियो।
एक सरकारी प्रतिनिधिले शुक्रबार सत्तारूढ दल ‘लिबरल डेमोक्र्याटिक’पार्टीको बैठकमा ‘ओमिक्रोन भेरियन्ट’को बारेमा महामारीको अवस्थाको बारेमा जानकारी संकलन गर्न प्रयास गरिरहेका आधिकारीहरूले स्थितिलाई पूर्ण रूपमा नसकेको बताएका छन।प्रतिनिधिले संङ्क्रमणको सम्भावित फैलावटका लागि सरकारले तयारी गर्नुपर्ने बताउदै सरकारलाई नियमन चुस्तदुरूस्त राख्न सचेत गराए ती अधिकारीहरूले ‘वर्तमान सीमा प्रतिबन्धलाई अर्को महिना र त्यसभन्दा पछाडी राख्नु एक विकल्प’हुन सक्ने संकेत गर्दै सत्ताधारी दलका प्रतिनिधिलाई सुझाब दिए।
जनवरी १ तारिखबाट नयां भिषा बाहक विद्यार्थी,प्रशिक्षार्थी कामदार,पारिवारिक तथा व्यवसायिक भिषा बोकेर बसेकाहरु सम्भावित जापान सरकारको कदमबाट झनै निराश हुने देखिएको छ।
अमेरिका,अष्टेलिया,दक्षिण कोरिया देखि युरेपेलि मुलुकले जारी कोभिड महामारीको बीच कडा नियमन सहित प्रवेश प्रतिवन्ध खुकुलो गरे पनि जापानले भने दुई बर्ष यता नवप्रवेशिकाहरीलाई प्रवेशमा लगभग बन्द गर्दै आएको छ।जसका कारण जापानको अन्तर्राष्ट्रिय बिद्यार्थी,बिश्वबिद्यालयहरू,रोजगारदाता कम्पनी लगायत जापानभित्रैका सरोकारवाला पक्षहरूले आलोचना गर्ने क्रम बढेको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्