19.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाल पक्षीय स्थायी कमिटी सदस्यको बैठक जारी

नेपाल पक्षीय स्थायी कमिटी सदस्यको बैठक जारी

१७ असार २०७८
काठमाडौ
। एमाले वरिष्ठ नेता माधव नेपालले आफूपक्षीय स्थायी कमिटी सदस्यसँग छलफल गरेका छन्।

बुद्धनगरस्थित एक पार्टी प्यालेसमा सुरू भएको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको निर्णयबारे छलफल हुने बताइएको छ।

बुधबार प्रधानमन्त्री ओलीले दसौं महाधिवेशन आयोजक कमिटी विघटन गरेर त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको घोषणा गरेका थिए। ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।तर वरिष्ठ नेता नेपाल पक्षीय नेताहरुले भने बैठकमा नजाने प्रतिक्रिया दिइसकेका छन्।

२०७५ जेठ २ गते अघिको संगठनात्मक संरचनामा पार्टीलाई लैजानुको साटो महाधिवशेन आयोजक कमिटीलाई केन्द्रीय कमिटी मात्रै बनाइएको उनीहरुको भनाई छ।बैठकमा ओली पक्षसँगको अनौपचारिक वार्तामा सहभागी दोस्रो पुस्ताका नेताहरूले ब्रिफिङसमेत गर्नेछन्। बिहिबार दुवै पक्षका नेताबीच छलफल भएको थियो। उनीहरू आजै ४ बजे बजे फेरि छलफलमा बस्ने कार्यक्रम छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्